मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

टोखामा ६ महिनाकी गर्भवती महिलाको हत्या, ४ जना पक्राउ

सोमबार, ०२ पुस २०७५, १९ : २१
सोमबार, ०२ पुस २०७५

काठमाडौं । प्रहरीले टोखा नगरपालिका–८ मिलनटोलकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या अभियोगमा चार जनालाई पक्राउ गरेको छ । 

अजितालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको प्रहरी टोलीले चार जनालाई आज नियन्त्रणमा लिएको हो ।

मुगु टोरु गाउँपालिका–८ घर स्थायी भएकी अजिताको आइतबार राति मुख थुनी घाँटी थिचेर हत्या भएको थियो । उनी आफ्नै कोठमा मृत फेला परेकी थिइन्।

हत्या गरिएकी मृतक अजिता मल्ल शाही ।

आफूमाथि सौता हालेको र खानलाउन नदिएको रिसले धर्मराज शाहीकी जेठी श्रीमती (विष्णुमाया)ले कान्छी श्रीमती (अजिता) को हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् । 

हत्या आरोपमा विष्णुमायासँगै उनकी बहिनी २६ वर्षीया भगवती मल्ल, भदा २१ वर्षीय गण्डिपराज मल्ल र  गण्डिपराजकी प्रेमिका २३ वर्षीय रीता केसी पक्राउ परेका छन् । 

मृतक अजिता ६ महिनाको गर्भवती थिइन् । उनीहरु सबैले अजिताको हत्या गरेको स्वीकार गरेको महाशाखाका प्रहरी नायब उपरिक्षक रविन कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप