शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा तस्कर र प्रहरीबीच भीडन्त, एकको मृत्यु

आइतबार, २९ पुस २०७५, ०९ : ३३
आइतबार, २९ पुस २०७५

रुपन्देही – रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा तस्कर र प्रहरीबीचको दोहोरो फायरिङका क्रममा प्रहरीको गोली लागेर एकको मृत्यु भएको छ । 

गएराति साढे १२ बजे तस्कर नियन्त्रण गर्न सादा पोसाकमा खटिएका प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा मुठभेट भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुठभेडका क्रममा प्रहरीको जवाफी फायरिङमा गोली लागेर घाइते भएका एक तस्करलाई भैरहवा मेडिकल कलेजले राति १ बजे मृत घोषणा गरेको थियो । 

एक तस्कर फरार भएका छन् । 

उनको शव हाल पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।

भारतीय मोटरसाईकल युपी ५३ एच २०२८ मा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनिहरुले प्रहरीमाथि नै गोली चलाएको प्रहरीले जनाएको छ । गस्तीमा खटिएका प्रहरी जवान कृष्ण श्रेष्ठको बायाँ हातमा गोली लागेको छ ।

प्रहरीको गोली लागी मृत्यु भएको तस्करको अहिलेसम्म पहिचान नखुलेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक हृदय थापाले बताए ।

 प्रहरीले घटनास्थलबाट भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल र एक थान पेस्तोल बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप