शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

झन्झटिलो र भद्दा कार्यक्रम गरेर समयको बबार्दी नगरौं : मुख्यमन्त्री पौडेल

आइतबार, २९ पुस २०७५, १५ : ५७
आइतबार, २९ पुस २०७५

हेटौँडा– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले औपचारिक कार्यक्रम झन्झटिलो र भद्दा गरेर समयको बबार्दी नगर्न अुनुरोध गरेका छन् । 

एउटै विषयमा दशौं जनाले घण्टौँसम्म एउटै कुरा भनिरहने अनि उपस्थितले ताली पिटिरहने काम समयको बर्बादी मात्रै भएकाले त्यसलाई सच्याउनुपर्ने उनको भनाइ थियो । मुख्यमन्त्री पौडेलले कार्यक्रममा सम्बन्धित वक्ताले आवश्यक कुरा मात्र राख्ने र सम्बोधनको परम्परागत तरिकालाई पनि सच्याउनुपर्ने बताए । 

हेटौंडाको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले समयको महत्व बुझिदिन अनुरोध गरे । उनले औपचारिक कार्यक्रममा विदेशी वस्तुहरूको प्रयोग गरेर देशको लाखौँ करोडौं नेपाली मुद्रा बाहिर पठाइनु देशको हितविपरित भएको पनि बताए । 

‘हामी कार्यक्रममा पाहुनालाई स्वागत गर्न विदेशबाट फूल, खादा र माला मगाएर प्रयोग गरिरहेका छौँ । यसले हामीलाई र हाम्रो देशलाई राम्रो गर्दैन, हामीलाई झन गरीब बनाउँछ’, उनले भने, ‘परनिर्भरता त्याग्न र आत्मनिर्भर हुन पनि म सबैलाई अनुरोध गर्दछु ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप