रञ्जु दर्शनाको ‘चरित्र हत्या’ गर्दै समाचार लेख्ने अनलाइन सञ्चालक पक्राउ

काठमाडौं । विवेकशील नेपाली पार्टीकी नेतृ रञ्जु दर्शना (न्यौपाने) को चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गर्ने अनलाइन सञ्चालक श्याम रोकालाई प्रहरीले पक्राउ गरेको छ ।
गत पुस २८ गते नेपालटक डटकम र पुस २९ गते मुक्तिखबर डटकममा उक्त समाचार प्रकाशित भएको थियो ।
सोही सिलसिलामा दर्शनाले दिएको उजुरीको आधारमा सिन्धुपाल्चोक मेलम्ची–१३ स्थायी घर भएका रोकालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
काठमाडौंको शान्तिनगर बस्दै आएका रोकालाई मंगलबार बुढानिलकण्ठ–६ बाट पक्राउ गरिएको हो ।
रोकामाथि विद्युतीय अपराध कसुर मुद्दामा अनुसन्धान शुरु गरिएको छ ।
रोका मुक्ति मिडिया प्रा.लि. र नेपालटक डटकमका सञ्चालक हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ