शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चोभारमा फिल्म ‘रे’

बुधबार, ०२ माघ २०७५, १५ : २२
बुधबार, ०२ माघ २०७५

काठमाडौं – ‘रे’ अहिले छायाँकन भइरहेको फिल्म हो । फिल्मको केही दिनदेखि काठमाडौको चोभारमा द्धन्दका दृश्यहरु छायाँकन भइरहेका छन् ।  फिल्मका लागि अहिले कलाकार सुनिल थापा, सुजाता थापा, दिवस धिताल, क्रान्ति बराइलीले लगायतका कलाकारले द्धन्दका दृश्य दिइरहेका छन् । कुमार श्रेष्ठ र शंकर महर्जनले द्धन्द्धको निर्देशन गरिरहेका छन् । 

काठमाडौं उपत्यकाभित्र हुने चर्चित ३ जात्रा ललितपुरको मछेन्द्रनारायण जात्रा, काठमाडौंको इन्द्र जात्रा र भक्तपुरको बिस्केट जात्राको बिषय फिल्ममा समेटिएको छ ।  ‘सगुन फिल्मस्’को ब्यानरमा निर्माण भएको फिल्मको कुल लागत सवा करोड बताइएको छ । राजेन्द्र त्रिपाठीले निर्माण गरेको यो फिल्म दिनेश पौडेलले निर्देशन गरेका हुन् । 

फिल्ममा सुनिल, सुजाता, दिवसको अलवा अभि जोशी, रक्षा गुरागाई ,पूर्णिमा लामा, बालकलाकार सुशील थापा, सुरभ पराजुली, पुजा भट्टराई, जोबिका गौतम लगायतको अभिनय रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप