शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजधानीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

सोमबार, ०७ माघ २०७५, १८ : ५७
सोमबार, ०७ माघ २०७५

काठमाडौँ । आज यहाँका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सवारी दुर्घटनामा वसुन्धारामा एक र शङ्खरापुर नगरपालिकामा अर्का एकको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

शङ्खरापुर नगरपालिका–३ जरसिंहपौवा पाखेटोल बस्ने ३४ वर्षीया मञ्जु विक आफ्नै घरमा सुतिरहेको अवस्थामा आज मृत फेला परेको प्रहरीले जनाएको छ । उनको मृत्युको कारण भने नखुलेको जनाइएको छ । 

टोखा नगरपालिका–७ वसुन्धारामा बा८च ८७६२ नंको कारले बा६६प ५४२५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्याङ्जा चापाकोट नगरपालिका–१० का १८ वर्षीय सफल माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ग्रिनसिटी अस्पताल वसुन्धारामा मृत्यु भएको हो । मोटरसाइकल चालक वसुन्धारा बस्ने स्याङ्जा चापाकोटका प्रकाश बत्स्यालको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप