शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अब वडाबाटै मेलमिलाप

मङ्गलबार, ०७ फागुन २०७५, १२ : ३०
मङ्गलबार, ०७ फागुन २०७५

बुटवल–रुपन्देहीको सैनामैना नगरपालिकाको वडावाटै मेलमिलप तथा सहजकर्ताको काम सुरु गरिएको छ । 

सैनामैना नगरपालिकाका नगर प्रमुख चित्रबहादुर कार्कीले पक्ष विपक्षलाई राखेर जितजितको सिद्धान्त आधारमा मेलमिलाप गरिने र समाजमा शान्ति, सुरक्षा, सुब्यवस्था, अमनचयन, भाइचारा कायम गर्न मेलमिलाप सकजकर्ताको काम महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।

संविधानमा व्यवस्था भएअनुसार स्थानीयतहहरु नगरपालिका तथा गाउँपालिकामा उपाध्यक्षलाई न्याय सम्पादनको अधिकार भए अनुसार न्यायिक समिति मार्फत काम भैरहेको र नगरपालिकामा कार्यविधि निर्माण पश्चात नगरपालिका तथा वडा कार्यलयहरुमा समेत मेलमिलाको कार्य गरिरहेको छ ।

 सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाले सुचिकृत भए बमोजिम तालिम पाएका मेलमिलापकर्ताहरुले विना स्वार्थ सेवाको भावले निष्पक्ष काम गर्नुपर्ने सहजकर्ताहरुलाई आग्रह गरेकी छन् ।

 सैनामैना नगरपालिकाले मेलमिलापका लागि सहजकर्ता तालिम मिति २०७५ मंसिर १६ गते देखि २३ गते सम्म चितवनको सौरहमा दिएको थियो नगर भित्रका करिब १०८ जनालाई मेलमिलाप कर्ताको तालिम दिएको छ ।
 ती मेलमिलाकर्ताहरु अहिले बडा बडामा भएका विवाद तथा झैझगडा मिलाउदै आएका छन् । सैनामैनामा परेका बिवाद एवम् मुद्दाहरु वडास्तरबाटै मिलाउदै आएको र मिल्न नसकेका मुद्धाहरु केन्द्रमा ल्याएर मिलाउने गरेको न्यायिक समितिका सदस्य ईश्वरी भण्डारीले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप