शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

५ नम्बर प्रदेशका लागि गरेको प्रतिबद्धता पूरा गर्छु : प्रचण्ड

शुक्रबार, १० फागुन २०७५, १८ : ३५
शुक्रबार, १० फागुन २०७५

बुटवल– नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  मुलकको विकासका लागि सवै लाग्नुपर्ने बताएका छन्  ।

शुक्रवार कपिलवस्तुको विजयनगर गाउँपालिकाको आयोजनामा भएको कवि सम्मेलन तथा मुशयरा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले कपिलवस्तुको विकासको लागि पशुपंक्षी विकास तथा कृषि मन्त्री कपिलवस्तुवासीलाई दिएको भन्दै विकासका लागि केन्द्रबाट विभिन्न कार्यक्रमहरु परेको बताए । उनले प्रदेशको विकासका लागि थप प्रतिबद्धता समेत जनाए ।

छोटो मन्तव्य दिँदै अध्यक्ष प्रचण्डले कवि सम्मेलनमा दोस्रो पटक सहभागी हुन पाउँदा खुसी भएको महशुस गरे । सम्मेलनले पछाडि परेको गाउँपालिकाको विकासमा टेवा पुग्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपाल थापाले समृद्ध गाउँपालिकाका लागि विभिन्न योजना सहितको पत्र प्रचण्डलाई बुझाएका छन् । गाउँपालिकाको मानव सुचाङ्क, पिछडा वर्गको उत्थान, स्वास्थ्य शिक्षाका लागि केन्द्रबाट पहल गरिदिन अनुरोध गर्दै थापाले उक्त पत्र पेश गरेका थिए । पत्र बुझदै प्रचण्डले कपिलवस्तुको हित र विकासको लागि सँधै काम गर्न तत्पर रहेको जिकिर गरे ।

कार्यक्रममा कृषि मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले कृषिको आधुनिकीकरण गरी कृषि विकासमा फड्को मार्ने समय आएकोे बताए । किसानको उत्पादनले बजार नपाउँदा किसान निरास हुनु परेको बताउँदै उनले कृषकले समयमा खाद पाउन नसकन्ने समस्यालाई सरल बनाई उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । 

त्यस्तै पूर्वमन्त्री हृदयेश त्रिपाठीले किसानले उत्पादन गरेका वस्तुको मूल्य निर्धारण गर्न नपाउँदासम्म देश समृद्ध नहुने ठोकुवा गरे । त्रिपाठीले भने, ‘देशलाई कृषिमा आत्मनिर्भर बनाउन आवश्यक छ, त्यसैले कृषले लगानी सगै नाफा पाउनुपर्छ ।’ 

हरिवोध आधारभूत विद्यालयको प्रङ्गगणमा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्य वृजेशकुमार गुप्ता, प्रदेश सांसद अर्जुन केसी, वीरेन्द्र कनोडिया, पूर्वमन्त्री ईश्वर दयाल मिश्रा लगायत स्थानीय तहका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप