बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

संखुवासभामा दुई जनाको हत्या

शुक्रबार, ०८ चैत २०७५, १८ : ५३
शुक्रबार, ०८ चैत २०७५

खाँदबारी । खाँदबारी नगरपालिका–११ मा छोराले बाबुको हत्या गरेका छन् । 

खाँदबारी–११ खाइसोङ गाउँमा काइँला छोरा सञ्जय राईले बिहीबार ६२ वर्षीय बुबा भुवनसिंहको हत्या गरेको वडाध्यक्ष नगेन्द्र गुरुङले जानकारी दिए । हत्यामा संलग्न सञ्जय फरार छन् । 

यस्तै मकालु गाउँपालिका–४ मा स्थानीयवासीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कुटपिटबाट मकालु–४ का ५० वर्षीय लेले भोटेको मृत्यु भएको हो ।

भोटेले गत फागुन १७ गते सोही गाउँकी ४९ वर्षीया हेममाया राईलाई हातपात गर्न खोजेको विषयलाई लिएर स्थानीयवासीले उनलाई कुटपिट गरेका हुन् । 

उनको बिहीबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप