स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना पक्राउ
मङ्गलबार, १८ वैशाख २०८१, १२ : ३२
पर्सा । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१६ भन्सार इलाकाबाट सोमबार सशस्त्र प्रहरीले स्रोत नखुलेको ३ लाख ३६ हजार नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बी.आर. ०५ एजेट ७५७४ नम्बरको मोटर साइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका भारतको पूर्वी चम्पारण रक्सौल घर बताउने ४० वर्षीय अफ्रोज अहमदले सो रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका अहमदको साथमा फेला परेको रुपैयाँमा १ हजार दरको ३६ वटा र ५ सय दरको ६ सय वटा नेपाली नोट रहेको छ । नियन्त्रणमा लिइएका उनलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालय पर्सामा बुझाइएको छ । मोटरसाइकलको भन्सार दाखिला मूल्य २ लाख रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण