शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

युरो कप छनोट : फ्रान्स र इङ्ल्याण्डको फराकिलो जित

मङ्गलबार, १२ चैत २०७५, ०८ : ४३
मङ्गलबार, १२ चैत २०७५

एजेन्सी - विश्व विजेता फ्रान्स र इङ्ल्याण्डले युरो कप छनोट खेलमा फराकिलो जित हात पारेका छन् । सोमबार राति भएको समूह ‘एच’को खेलमा फ्रान्सले आइसल्याण्डलाई ४–० गोलले हरायो ।

फ्रान्सको जितमा स्यामुल उमटीटीले १२ औँ मिनेटमा सुरुवाती गोल गरे । उनले केलियन एमबाप्पेको पासका गोल गरेका थिए । ओलिभर गिरोडले ६८ औँ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । ७८ औँ मिनेटमा एमबाप्पेले फ्रान्सका लागि तेस्रो गोल गरे । एन्टोइन ग्रिजम्यानले ८४ औँ मिनेटमा गोल गर्दै फ्रान्सलाई फराकिलाे जित दिलाए ।

जितसँगै फ्रान्सले समूहमा ६ अंक बनाएको छ । पहिलो हार खेपेको आइसल्याण्डको तीन अंक छ । सोही समूहको अन्य खेलमा टर्कीले मोल्डोभालाई ४–० गोल र अल्बानियाले एन्ड्रोलालाई ३–० गोलले पराजित गरेको छ । जितसँगै टर्कीले ६ अंक र अल्बानियाले तीन अंक बनाएको छ । मोल्डोभा र एन्ड्रोलाले खाता खोल्न सकेका छैनन् ।

यसैगरी समूह ‘ए’को खेलमा इङ्ल्याण्डले मोन्टेनेग्रोलाई ५–१ गोलले हरायो । मोन्टेनेग्रोले खेलमा सुरुवाती अग्रता लिएको थियो । मोन्टेनेग्रोका लागि मार्को भेसोभिकले १७ औँ मिनेटमा गोल गरेका थिए । त्यसपछि इङ्ल्याण्डका मिचेल केनले ३० औँ मिनेटमा बराबरी गोल फर्काए । 

रोस बार्केलीले ३९ औँ र ५९ औँ मिनेटमा ब्यक्तिगत दुई गोल गरे । ह्यारी केनले ७१ औँ र रहिम स्ट्रलिङले ८१ औँ मिनेटमा एक एक गोल थपेका थिए । लगातार दोस्रो जितसँगै इङ्ल्याण्डले ६ अंक बनाएको छ । सोही समूहको अर्को खेलमा बुल्गेरिका र कोसोभोले १–१ गोलको बराबरी खेल्दै अंक बाँडे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप