शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्दुरले रङ्गियो भक्तपुरको मध्यपुर (हेर्नुहोस् १५ तस्बिरमा)

सोमबार, ०२ वैशाख २०७६, १० : ३६
सोमबार, ०२ वैशाख २०७६

भक्तपुर – प्रत्येक वर्ष नयाँ वर्षको सुरुवतमा भक्तपुरको मध्यपुर थिमीमा सिन्दुर जात्रा भव्य रुपमा मनाइएको छ । बिस्केट जात्राको अवसर पारेर मनाइने ३२ खटको सिन्दुरजात्रा यो पटक सोमबार भव्यताका साथ मनाइएको हो । 

मध्यपुरथिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको अबिर जात्रा प्रसिद्ध जात्रा मनाइने भएपनि केही वर्षयता खटको सङ्ख्यामा कमी आएको छ । स्थानीयका अनुसार यो वर्ष जात्रामा २३ वटा खटमात्र समावेश हुनेछ । 

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली अबिर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो  र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट अबिर छर्ने, फूल बसाएर स्वागत गर्ने प्रचलन छ । 

जात्रामा का“याबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा अबिर दलेर नगर परिक्रमा गर्ने परम्परा छ । 

अबिर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरुसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । 

परम्पराअनुसार नै देवता लाय्कु दरबारभित्र पस्न नपाउन भनेर लायकु प्रवेशद्धारमा बाटो छेकेर पेंखा मुस्या, बालकुमारी, बालखुचा द्यो, सिद्धिकाली र अरु देवताका गणहरु बाटो छेकेर बस्ने परम्परा रहेको छ । 

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा अबिर खेल्दै बाजागाजासहित अबिर जात्रा मनाइने चलन रहेको छ । 

सोमबार दिउ“सो मध्यपुरथिमि बोडेमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ । 

यसलाई स्थानिय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । नेपाल सम्वत २६८ अर्थात लिच्छवी कालभन्दा अगाडिदेखि राजाजगत ज्योती मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप