शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

पेरिसः आइफिल टावरभन्दा चर्चित ८ सय वर्ष पुरानो चर्चमा आगलागी

मङ्गलबार, ०३ वैशाख २०७६, ०७ : ४१
मङ्गलबार, ०३ वैशाख २०७६

बीबीसी

पेरिसको प्राचीन र संसारभरी चर्चित नोट्र–डाम क्याथेड्रलमा भयानक आगलागी भएको छ ।

आगलागीको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन । यो चर्चको पुनर्निर्माणको काम भइरहेको थियो र अधिकारीका अनुसार यसैकारण आगलागी भएको हुनसक्छ ।

यो भवन ८ सय ५० वर्ष पुरानो हो ।

आगो निभाउने प्रयास जारी छ । यो प्रमुख गिर्जाघरको छत नै खसेको छ ।

गत वर्ष यो क्याथोलिक चर्चलाई बचाउनका लागि मानिसहरुसँग सहयोगको अपिल गरिएको थियो । निकै पुरानो भएका कारण यो भवन जर्जर अवस्थामा थियो ।

 फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रो घटनास्थलमा पुगेका छन् । आफ्नो समवेदना यो दुर्घटनाबाट आहत भएका सम्पूर्ण क्याथोलिक र फ्रान्सका जनतासँग भएको उनले बताएका छन् ।

उनले भने, ‘सबै जनताझैं म पनि आज निकै दुःखी छु । हाम्रो एउटा हिस्सा जलिरहेको देख्दा मलाई निकै पीडा भइरहेको छ । ’

राष्ट्रपति भवनका अधिकारीले आगलागीको खबरपछि राष्ट्रपतिले देशबासीका लागि सम्बोधन गर्ने पूर्व निर्धारित कार्यक्रम रद्द गरेको जानकारी दिए ।

गिर्जाघरसँग सम्बन्धित एक प्रवक्ताले आगो सबैतिर फैलिसकेको बताएका छन् । उनले भने, ‘त्यहाँ अब केही पनि बाँकी छैन । ’

पेरिसका मेयर एन हिडाल्गो घटनास्थलमा छन् । उनले आगो निकै भयानक भएको बताए । उनले दमकलकर्मीले बनाएको सीमारेखालाई पार नगर्न र उनीहरुको नियमलाई पालना गर्न आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हेलिकोप्टरबाट पानीको फोहोरा दिएर आगो नियन्त्रण गर्ने कोसिस गर्नुपर्ने बताएका छन् ।

यो संसारको सबैभन्दा प्राचिन क्याथेड्रलमध्ये एक हो । यहाँ हरेक वर्ष १ करोड बढी पर्यटक आउँछन् । यो संख्या आइफिल टावरको भन्दा धेरै हो । युनेस्कोको विश्वसम्पदा सूचीमा रहेको यो १२ औं र १३ औं शताब्दिमा बनाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप