शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महिला प्रतिद्वन्द्वीको भित्री वस्त्रको रङबारे टिप्पणी गर्ने आजमको बोलीमा चुनाव आयोगको लगाम

मङ्गलबार, ०३ वैशाख २०७६, ०८ : १५
मङ्गलबार, ०३ वैशाख २०७६

भारतको समाजवादी पार्टीका दिग्गज एवं रामपुरका उम्मेद्वार आजम खान र भारतीय जनता पार्टी (बीजेपी) नेता मेनका गान्त्रीमाथि आचार संहित उल्लंघनको मामलामा कारवाही गर्दै चुनाव प्रचारमा केही समयका लागि रोक लगाएको छ ।

यसअघि चुनाव आयोगले उत्तर प्रदेशका मुख्यमन्त्री एवं बीजेपी नेता योगी आदित्यनाथ र बहुजन समाज पार्टी अध्यक्ष मायावतीमाथि पनि यस्तो कारवाही गरिसकेको छ ।

आजम खानमाथि बीजेपी नेता जयाप्रदाको विषयमा गरिएको अभद्र टिप्पणी पछि चुनाव आयोगले उनलाई ७२ घण्टासम्म प्रचार गर्न रोक लगाएको छ ।

आजम खानले के भने ?

रामपुरमा एक चुनावी सभाको क्रममा आजम खानले कथित रुपमा जयाप्रदाबारे एक टिप्पणी गरेका थिए । उनले भनेका थिए, ‘रामपुरवासीले जसलाई बुझ्न १७ वर्ष लगाए, उनलाई मैले १७ दिनमा नै बुझिसकेको थिएँ कि उनको अण्डरवेयरको रंग खाकी छ ।’

पछि जब जयाप्रदासँग यसबारे प्रतिक्रिया मागियो तब उनले भनिन्, ‘आजम खानको उम्मेद्वारी रद्द हुनुपर्छ किनभने यदि उनले चुनाव जिते भने समाजमा महिलाको स्थिती खराब हुनेछ ।’

मेनका गान्धीले यस्तो के भनिन् कि बोली नै बन्द गर्नुपर्यो ?

मेनका गान्धीलाई सुल्तानपुरमा मुसलमानले भोट नदिए उनीहरुको काम नगरिदिने बयानमा चुनाव आयोगले ४८ घण्टासम्म प्रचार गर्न प्रतिबन्ध लगाएको छ ।

मेनकाको यो बयानको भिडियो भाइरल भयो जसमा उनी भनिरहेकी छिन्, ‘म जितिरहेकी छु । मानिसहरुको मद्दतले र प्रेमले मेरो जीत भइरहेको छ । तर यदि मेरो जीत मुसलमान बिना भयो भने मलाई राम्रो लाग्नेछैन । किनभने यति भन्छु कि मन अमिलो हुनेछ । त्यसपछि यदि मुसलमान आफ्नो कामका लागि आउँछन् भने म ‘छोडिदेउ’ भनेर सोच्नेछु, आखिर के फरक पर्छ र ?’

भारतका समाजवादी पार्टीका उम्मेद्वारले महिला प्रतिद्वन्द्वीको ‘अण्डरवेयर’ को रङमाथि टिप्पणी गरेपछि....

 

यद्यपि, पछि मेनकाले आफ्नो यो बयानमाथि स्पष्टिकरण दिएकी छिन् । उनका अनुसार उनको यो बयान काँटछाँट गरेर पेश गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप