शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गजलः मायामा भिखारी भएर आयो

शनिबार, ०४ जेठ २०७६, ११ : ३५
शनिबार, ०४ जेठ २०७६

विष्णुप्रसाद आचार्य ‘अतृप्त’

सबै सुम्पिई मायामा भिखारी भएर आयो
आफ्नै हाल सम्झेँ, मन भारी भएर आयो

खुब पसिना बगायो साहूकोमा काम गर्दा
अहिले अह्राउँछ मात्र, सरकारी भएर आयो

चराको बिस्टाबाट जीवन पाएको हो जसले
त्यही पीपल आज ठूलो चौतारी भएर आयो

हातमा तरबार लिई वधशाला पसेको मान्छे 
निस्कँदा रुद्राक्ष जप्दै, सदाचारी भएर आयो

नदी कटानमा परिसकेको यो फूलबारीमा 
आयो कोही यसबेला, हजारी भएर आयो ।

 
तारकेश्वर नगरपालिका–२, काठमाडौँ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप