केन्द्रीय संस्करण

ट्रक दुर्घटनाका मृतक सबैको सनाखत

person explore access_timeजेठ १०, २०७६ chat_bubble_outline0

सुर्खेतबाट खाद्यान्न बोकेर दैलेखको ठाँटीकाँध गाउँपालिकातर्फ जाँदै गरेको ना८ख ३२८३ नंको मिनिट्रक दुर्घटनामा परेका तीनै जनाको सनाखत भएको छ । 

दैलेखको गुराँस गाउँपालिका–१ निगाल झाप्रामा दुर्घटना हुँदा मृत्यु भएका तीन जना ठाँटीकाँध गाउँपालिका–६ का जोरबहादुर थापा, धर्मथापा र दीपेन्द्र थापा रहेको स्थानीय प्रत्यक्षदर्शीले हिमाल खत्रीले बताए ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरी निरीक्षकको प्रेम क्षेत्रीको टोली घटनास्थलमा पुगिसकेको छ । 

ट्रकमा पेट्रोलको जर्किन राखिएकाले दुर्घटनासँगै पेट्रोलका कारण आगलागी भएको हुनसक्ने क्षेत्रीले बताए । 

सडकबाट ३०० मिटर तल खसेको गाडीको पछाडिको चक्का पूरै जलेको छ । सेतो गाडी कालो देखिएको छ । मृतकको शव पहिचान गर्न नसक्ने अवस्थामा रहेको छ । 

प्रत्यक्षदर्शी प्रहरी ठगीराम शर्माले जानकारी दिए । ट्रकमा भएको चामल, चाउचाउ भिरभरि छरपष्ट परेको स्थानीयले जानकारी दिएका छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...