शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वडा कार्यालयमा शंकास्पद बस्तु फेला

बुधबार, १५ जेठ २०७६, १२ : ४७
बुधबार, १५ जेठ २०७६

बझाङ –जिल्लाको बुंगल नगरपालिका वडा नम्बर ७ मा शंकास्पद बस्तु फेला परेको छ । बुधबार बिहान वडा कार्यालयमा खतरा भनेर लेखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको हो ।

‘वडा कार्यालयमा शंकास्पद बस्तु राखिएको जानकारी प्राप्त भएको छ’, बझाङका सिडिओ सुरेश सुनारले भने, ‘शंकास्पद बस्तु फेला परेको जानकारी आएपछि सो स्थानतिर नेपाली सेनाको बम डिस्पोजल टोली पठाइएको छ ।’

सदरमुकाम चैनपुरबाट सवारी साधनमा बुंगल नगरपालिका वडा नम्बर ७ मा पूग्न झण्डै ४ घण्टा लाग्छ । २ साता अगाडि मात्र बझाङको छविस पाथिभेरा गाउँपालिका को कार्यालयमा राखिएको बम नेपाली सेनाले डिस्पोजल गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप