दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा ‘मुखको क्यान्सर’
काठमाडौँ । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ । कान्तिपुर डेन्टल कलेज र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले आज यहाँ आयोजना गरेको मुखको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कुल क्यान्सरका बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर पाइएको बताइएको हो ।
कार्यक्रममा नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीका कार्यकारी निर्देशक एवम् क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले सूर्तीजन्य पदार्थको जथाभावी प्रयोगले मुखको क्यान्सरका बिरामी बढेका बताए । “चुरोट, बिँडी, हुक्का, तम्बाकु, गुड्खा, पानलगायतका सूर्तीजन्य पदार्थसेवनका कारण मुखको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा हिमाल र पहाडको तुलनामा तराईमा मुखको क्यान्सरका बिरामीको संख्या धेरै रहेको पाइएको छ”, उनले भने । त्यसैगरी वार्षिक दुई प्रतिशत बिरामीको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको पाइएको समेत उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सतीश देवले काउन्सिलले क्यान्सरपीडित बिरामीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र त्यस कार्यमा यस्ता अन्तर्राष्ट्रिय गोष्ठीमा व्यक्त तथ्य र तथ्याङ्कले थप रणनीति बनाएर काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.बुद्धिमान श्रेष्ठले देशभरका दन्त चिकित्सकलाई मुखको क्यान्सरसम्बन्धी तालिम दिन जरूरी रहेको उल्लेख गरे। पछिल्लो समय बढ्दै गएको मुखको क्यान्सरसम्बन्धी समस्याबारे जानकारी दिन कान्तिपुर डेन्टल कलेजले विभिन्न निकायसँगको सहकार्यमा काम गरिरहेको समेत बताए ।
एकदिने अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत र बङ्गलादेशका एक सयभन्दा बढी डाक्टरको सहभागिता थियो । मुखको क्यान्सर पत्ता लगाउन हाल नेपालमा वायस्पी प्रविधिको प्रयोग हुँदै आएको छ । आगामी दिनमा लेजर प्रविधि र भेलोस्कोप प्रविधिसमेत प्रयोगमा ल्याउने विषयमा पनि छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण