शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

डिआईजी पालले गरे प्रहरी ब्यारेक उद्घाटन

बिहीबार, ०५ असार २०७६, १७ : २७
बिहीबार, ०५ असार २०७६

जनकपुर– धनुषाको दक्षिणी सीमावर्ती क्षेत्र नगराईन नगरपालिकास्थित जटहीमा सिमा प्रहरी चौकी (ब्यारेक) निर्माण भएको छ ।  सो चौकीको  प्रहरी नायव महानिरीक्षक हरिबहादुर पालले उद्घाटन गरेका हुन् ।
बिहिबार जटहीमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पालले  चोरी र डकैतीजस्ता क्रियाकलापलाई बढाउने प्रवृतिहरुको अन्त्य हुनुपर्नेमा जोड दिए ।

यसका लागि उनले प्रहरीलाई समेत सदाचार र इमान्दार कार्यशैली अपनाउन निर्देशन दिए । उनले यस क्षेत्रमा अधिकांश प्रहरी कर्मचारीहरु बढी कमाई गर्न सकिने लोभमा आउने गरेको स्पष्ट पार्दै उनले सजग र सतर्क रहनका लागि निर्देशन समेत दिए  ।

नेपाल सरकारबाट प्राप्त १ करोड ९८ लाख ६० हजार १ सय ८३ रुपैयाँको लागतमा ८ कठ्ठा १५ धुरमा निर्माण भएको सो चौकी भवन निर्माण भएको हो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप