शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा अवैध बसोबास गर्दै आएका पोल्यान्डका नागरिक पक्राउ

सोमबार, २३ असार २०७६, १९ : ५३
सोमबार, २३ असार २०७६

पोखरा । अवैध रुपमा बसोबास गर्दै आएका पोल्यान्डका नागरिकलाई पर्यटक प्रहरी कास्कीले पक्राउ गरेको छ । 

प्रहरी सहायक निरीक्षक रविन पाण्डेका अनुसार अवैध रुपमा पोखरा बस्दै आएका राकोल मार्किन नाम गरेका व्यक्तिलाई पक्राउ गरिएको हो । 

अवैध रुपमा पोखरा बस्दै आएका उनले लेकसाइड, खहरे र पृथ्वीचोकलगायतका क्षेत्रमा लागुऔषध तथा मादक पदार्थ सेवन गरि केही समय यता हो–हल्ला गर्दै आएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । 

सोही अवस्थामा उनलाई खानतलासी गर्दा भिसा, पासपोर्टलगायतका महत्वपूर्ण कागजपत्र नभएको पाइएको प्रसनि पाण्डेले बताए । 

आवश्यक कारबाहीका लागि उनलाई पक्राउ गरी अध्यागमन कार्यालय पोखरामा बुझाईसकेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप