गजुरीबाट २ सय २० केजी गाँजासहित १ जना पक्राउ
गजुरी-ईलाका प्रहरी कार्यालय गजुरीले २ सय २० केजी लागु पदार्थ गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । मलेखु चितवन भण्डारा जाने चेपाङमार्ग बाट बिहीवार बिहानै २ सय २० केजि लागू पदार्थ गाजा को धुलो सहित एक जनालाई पक्राउ गरेको हो ।
गजुरी का प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले चेपाङ मार्ग को गजुरी २ डुङेठाटी मा कारोबारी हरुले गाजा किनेर लैजान लागेको सुचना पाए लगत्तै प्रहरीले बाटो मा उभिएर गाडी कुरेर बसेको अबस्थामा बेनिघाट रोराङ १ खामभन्ज्याङ बस्ने ४१ बर्षका काइला भन्ने डिल बहादुर तामाङलाई नियन्त्रणमा लिएको बताए ।
प्रहरी निरिक्षक खड्काले ८ वटा बोरा मा २५ २५ केजि का प्लास्टिक प्याकेज बनाएर राखेको अबस्थामा बरामद गरिएको बताए । बरामद लागु पदार्थ सहित तामाङ लाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पठाएको गजुरी प्रहरीले जनाएको छ । तामाङ यस अघि पनि लागू पदार्थ ओसारपसार मुद्दामा १ बर्ष जेल बसेर छुटेको थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
-
नेपाली सेनाले माग्यो विभिन्न पदमा दरखास्त
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला