शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

शनिबार भृकुटीमण्डपमा 'काव्य उत्सव'

शुक्रबार, २७ साउन २०७४, ११ : ११
शुक्रबार, २७ साउन २०७४

काठमाडौं - नेपाली कवितका पारखीहरूले झन्डै दुई दर्जन कविहरूलाई एउटै मञ्चमा सुन्न पाउने भएका छन् । शनिबार भृकुटीमण्डपमा हुने 'काव्य उत्सव' कार्यक्रममा चर्चित कविहरूले कविता बाचन गर्नेछन् ।

अन्तराष्ट्रिय पुस्तक प्रदर्शनीकै माझ सांग्रिला बुक्सले 'काव्य उत्सव'को आयोजना गर्न लागेको हो । कार्यक्रममा रोहेज खतिवडाको सम्पादनमा प्रकाशित 'मुक्त अनुभूति: कविता र विमर्श'नामक कृति पनि विमोचन गरिने छ ।

पुस्तकमा  समावेश भएका २३ जना कविलाई 'काव्य उत्सव' मा निमन्त्रणा गरिएको छ, जसमध्ये डेढ दर्जन बढी कविले कविता बाचन गर्ने छन् । कार्यक्रममा कविहरू सुमन पोखरेल, मनु मन्जिल, सुदीप पाख्रिन, सञ्जीव राई, हेमन यात्री, सीमा आभास, प्रकाश थाम्सुहाङलाई निमन्त्रणा गरिएको छ।

चितवनका भूपिन र सरिता तिवारीलाई बोलाइएको छ । यस्तै विप्लव ढकाल, श्रवण मुकारूङ, विक्रम सुब्बा, केशव सिल्वाल, मनप्रसाद सुब्बा, बिनोदविक्रम केसी, मणि काफ्ले, रमेशरञ्जन झा, रामगोपाल आशुतोष, सङ्गीत स्रोता, शकुन्तला जोशी, स्वप्निल स्मृति, विमला तुम्खेवा र मोमिलालाई पनि निमन्त्रणा गरिएको छ ।

शिल्पी थिएटरले २०७१ जेठदेखि २०७२ जेठ भित्र सञ्चालन गरेको 'मुक्त अनूभूति' नामक कविता बाचन र छलफलका ११ श्रृंखलामा आधारित भएर यो पुस्तक तयार पारिएको हो। यी ११ श्रृंखलामा माथि नाम उल्लेख भएका २३ जना कविहरू सहभागी भइ कविता वाचन गरेका थिए ।

पुस्तकमा उक्त कार्यक्रममा भएको छलफल, कविहरूको परिचय र तीनतीन कविता समेटिएको छ । 'काव्य उत्सव'मा कविता बाचनका लागि पुस्तकमा समेटिएका २३ जना नै कविलाई निमन्त्रणा गरिएको छ, जसमध्ये अधिकांश कविहरू कार्यक्रममा सहभागी भएर कविता बाचन गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप