मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२१ सय रुपैयाँमा भव्य विवाह !

सोमबार, ०२ भदौ २०७६, ११ : ३४
सोमबार, ०२ भदौ २०७६

बुटवल– यही भदौ २८ देखि असोज १७ गतेसम्म रुरु क्षेत्रमा‘ऐतिहासिक रुरु धार्मिक  तथा  सांस्कृतिक तुलादान महोत्सव एवं संगीतमय लीलामय श्रमद्भागवत पितृमोक्ष विराट ज्ञान महायज्ञ– २०७६’  आयोजना हुने भएको छ ।

महायज्ञमा मुलुकी संहिता २०७४ ले तोकेअनुसार उमेर पुगेका जोडीहरुले जम्मा २१ सय रुपैयाँ दानगरी बाजागाजासहित विवाह गर्न पाउने व्यवस्था समेत गरिएको छ ।

‘विश्वविख्यात श्रीमद्भागवत कथा वाचक’ बालयोगेश्वर महाराज  तथा प्रमुख वाचकले यस्तो महायज्ञ देशमै पहिलो हुने दाबी गरेका छन् । ‘जम्मा २१ सय रुपैयाँ भेटी दिएर हजारौँ भक्तजनलाई जन्ती बनाउँदै बाजागाजासहित भब्य विवाह सम्पन्न गरिन्छ र आवश्यक परे बेहुलाबेहुलीलाई गाडीमा राखेर घरसम्मै लैजाने व्यवस्था मिलाइनेछ’ महाराज बालयोगेश्वरले भने । 

यस्तो ऐतिहासिक विवाह र महायज्ञ आफूले कहिल्यै नदेखेको मूल आयोजक समितिका संयोजक गुरुप्रसाद ज्ञवालीले बताए । 

महायज्ञको  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली प्रमुख संरक्षक र प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुदर्शन वराल वरिष्ठ संयोजक रहेका छन् । 

स्याङ्गजा, पाल्पा र गुल्मीको संगमस्थल रहेको रिडी क्षेत्र कालीगण्डकीको तटमा पर्छ । महायज्ञमा पितृमोक्ष  अर्थात  आफ्ना परिवारका मृतकहरुको श्रद्धा समेत गरिनेछ । 

त्यसका अलवामा सामूहिक रुपमै  व्रतबन्ध, कन्यापुजन,  तुलादान,  र लाखबत्ती अर्थात तुलादान  लगायत कर्मकाण्ड गरिनेछ ।

 २१  दिनसम्म २१ करोड दीपप्रज्वलन गरिने र २१  सय रुपैयाँमा विवाह, व्रतबन्धसमेत गरिने महायज्ञमा दान गर्न चाहने ब्यक्ति वा संस्थाले स्वेच्छिक रुपमा दान गर्न सक्नेछन् भने संकलन भएको रकमले रुरु क्षेत्रको विकास निर्माणमा खर्च गरिने छ । 

महायज्ञबाट सङ्कलन भएको रकमले  देशमै ठूलो शङ्ख र घण्टा निमार्ण गरिने, गौशला निर्माण गरिने, सार्वजानिक शौचालय, भक्तजन बस्ने प्रतिक्षालय निर्माण गरिने प्रमुख वाचकले जानकारी दिए । त्यस्तै रुरु क्षेत्रलाई विश्वभरका हिन्दु धर्मलम्वीहरुलाई चिनाउन उनीहरुको प्रमुख धार्मिक गन्तव्यस्थल बनाउन सकिने सरोकारवालाहरुको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप