शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि तीनै जनाको योग्यता पुगेन

दरखास्त दिने प्राडा भन्छन्, ‘अन्तिम समयमा योग्यताको कुरा उठ्दा अचम्म लाग्यो’
बिहीबार, ०५ भदौ २०७६, १२ : ५६
बिहीबार, ०५ भदौ २०७६

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदको लागि पहिलो पटक असार ९ गते दरखास्त आव्हान गरियो । उपाध्यक्षको लागि ६ जनाले दरखास्त दिएका थिए । तर ६ जनानै अयोग्य भएको भन्दै विरोध हुन थालेपछि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को  दफा २४ को उपदफा (१) बमोजिम सबै योग्यता पूरा नदेखिएको भन्दै ६ जनाको दरखास्त रद्द गरियो ।

फेरि साउन १ देखि १५ गते सम्म दरखास्त खुलाइयो । साउनमा खुलाइएको दरखास्तमा ११ जना प्राध्यापक डाक्टरहरुले फारम भरेका थिए ।  साउन २९ गतेको अन्तवार्ता पछि ३ जनाको मात्रै नाम सिफारिस गरिएको थियो ।


लोक सेवा आयोगका अध्यक्ष उमेश मैलानीको संयोजकत्वमा रहेको उपाध्यक्ष छनोट समितिका अन्य सदस्यमा प्राडा दिव्या सिंह र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव शिशिर ढुंगाना रहेका छन् । यो समितिले पहिलो नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दोस्रो नम्बरमा प्राडा शम्भुकुमार पहारी र तेस्रो नम्बरमा प्राडा श्रीकृष्ण गिरीको नाम सिफारिस गरिएको थियो । मन्त्रिपरिषद्को बैठकले ३ जना मध्ये एक जनाको नाम सिफासिर गरेर यसै साता टुङ्गिने आशा थियो ।

मन्त्रिपरिषद्को बैठक बसे पनि राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको पदमा कसैको नाम पनि तोकिएन । अहिले ३ नै जना प्राडा डाक्टरको उपाध्यक्ष बन्ने योग्यता नपुगेको भन्ने कुराले चर्चा पाइरहेको छ ।

अहिले उठ्दै गरेको विषय भनेको चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गरी चिकित्साशास्त्रको कुनै पनि विधामा कम्तीमा २० वर्षको अनुभव भएको वा चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा दश वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तिमा २० वर्षको अनुभव हुनुपर्ने उल्लेख गरिएको थियो । शिक्षा र सेवामानै तीनै जना प्राडाको योग्यता नपुगेको हल्ला चल्दै आइरहेको छ ।

दरखास्त दिने मध्येका प्राडा श्री कृष्ण गिरीले सरकारले मागेको योग्यता आफ्नो पुग्ने भएरनै दरखास्त दिएको बताए । उनले भने ‘यदि योग्यताको बारेमा आयोगले सुरुमा नै भन्नु पर्ने हो । अहिले मन्त्रिपरिषद्ले निणर्य गर्नु पर्ने अन्तिम समयमा योग्यताको बारेमा कुरा उठ्दा आफूलाई अचम्म लागेको छ ।’ 

आयोगमा एक जना मात्रै उपाध्यक्ष बन्न पाउने व्यवस्था रहेको छ भने उपाध्यक्षनै आयोगको प्रमुख कार्यकारीको रुपमा रहने प्रावधान रहेको छ ।

यस्तो थियो दोस्रो पटकको दरखास्तमा तोकिएको योग्यता ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप