शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्व क्रिकेटको ‘पावरहाउस’ मानिने भारतीय टोलीको टी–२० विश्वकप यात्रा ऐतिहासिक र उतारचढाव र रोमाञ्च छ ।

सन् २००७ मा महेन्द्र सिंह धोनीको नेतृत्वमा पहिलो संस्करणको उपाधि जितेर सनसनी मच्चाएको भारतले दोस्रो उपाधिका लागि १७ वर्ष लामो प्रतीक्षा गर्नुपर्‍यो । अन्ततः सन् २०२४ मा रोहित शर्माको कप्तानीमा भारतले त्यो खडेरी अन्त्य गर्दै पुनः विश्व विजेताको ताज पहिरिएको थियो । 

सन् २००७ देखि २०२४ सम्मको भारतीय टोलीको प्रदर्शन

  • २००७ : पहिलो संस्करणमै ऐतिहासिक सफलता (दक्षिण अफ्रिका)

दक्षिण अफ्रिकामा आयोजित पहिलो टी–२० विश्वकपमा धोनीको कप्तानीमा रहेको युवा भारतीय टोलीले इतिहास रच्यो । स्कटल्यान्डविरुद्ध पहिलो खेल वर्षाले रद्द भए पनि दोस्रो खेलमा पाकिस्तानलाई ‘बल–आउट’ मा ३–० ले हराउँदै भारतले आफ्नो यात्रा अघि बढाएको थियो । न्युजिल्यान्डसँग पराजित भए पनि त्यसपछिका तीनवटै खेल जितेर भारत फाइनलमा पुग्यो । फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै भारतले पहिलो टी–२० विश्वकप उपाधि जित्यो, उक्त प्रतियोगितामा गौतम गम्भीर (२२७ रन) र आरपी सिंह (१२ विकेट) भारतका मुख्य खम्बा बनेका थिए ।

  • २००९ र २०१० : बिर्सनलायक वर्षहरू

सन् २००९ मा इंग्ल्यान्डमा भएको दोस्रो संस्करणमा भारतको प्रदर्शन निराशाजनक रह्यो । बंगलादेशलाई हराएर सुरु गरेको भारतले सुपर–८ मा वेस्ट इन्डिज, इंग्ल्यान्ड र दक्षिण अफ्रिकासँग लगातार हार बेहोर्दै सेमिफाइनल पुग्न असफल भयो । खराब प्रदर्शनपछि कप्तान धोनीले प्रशंसकहरूसँग माफी मागेका थिए । यस्तै सन् २०१० मा वेस्ट इन्डिजमा भएको विश्वकपमा पनि भारत सुपर–८ बाटै बाहिरियो । उक्त प्रतियोगितामा सुरेश रैना (२१९ रन) र आशिष नेहरा (१० विकेट) ले व्यक्तिगत रूपमा राम्रो प्रदर्शन गरेका थिए ।

  • २०१२ र २०१४ः नजिक पुगेर पनि उपाधिबाट टाढा

सन् २०१२ मा श्रीलंकामा भएको विश्वकपमा भारतले पाँचमध्ये चार खेल जिते पनि ‘नेट रन रेट’ का कारण सेमिफाइनल पुग्न सकेन । २०१४ मा बंगलादेशमा भएको विश्वकपमा भने भारतले सानदार प्रदर्शन गर्दै फाइनलसम्मको यात्रा तय गर्‍यो, तर फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित हुँदै भारत उपविजेतामा सीमित भयो । विराट कोहली ३१९ रनका साथ ‘प्लेयर अफ द सिरिज’ चुनिएका थिए भने रविचन्द्रन अश्विनले ११ विकेट लिएका थिए ।

  • २०१६ र २०२१ः घरेलु मैदानको दबाब र यूएईको निराशा

२०१६ मा आफ्नै देशमा आयोजित विश्वकपमा भारत सेमिफाइनलमा वेस्ट इन्डिजसँग पराजित भयो । विराट कोहली पुनः सर्वाधिक रनकर्ता (२७३ रन) बनेका थिए । २०२१ मा कोभिडका कारण यूएईमा सारिएको विश्वकप भारतका लागि निकै खराब रह्यो । पहिलो खेलमै पाकिस्तानसँग १० विकेटले पराजित भएको भारत समूह चरणबाटै बाहिरियो ।

  • २०२२ः सेमिफाइनलमा लज्जास्पद हार (अस्ट्रेलिया)

रोहित शर्माको नेतृत्वमा भारत सेमिफाइनलमा पुग्यो । यो प्रतियोगिता पाकिस्तानविरुद्ध विराट कोहलीले मेलबर्नमा खेलेको अविजित ८२ रनको ऐतिहासिक इनिङ्सका लागि सधैं सम्झिने गरिनेछ, तर सेमिफाइनलमा इंग्ल्यान्डसँग १० विकेटले पराजित भएपछि भारतको यात्रा टुङ्गियो । कोहली २९६ रनका साथ शीर्ष रनकर्ता र अर्शदीप सिंह १० विकेटका साथ शीर्ष बलर बने ।

  • २०२४ः ११ वर्षको खडेरी अन्त्य र विश्व कीर्तिमान

सन् २०२४ मा रोहित शर्माको कप्तानीमा भारतले आफ्नो दोस्रो टी–२० विश्वकप उपाधि जित्दै ११ वर्षदेखिको आईसीसी ट्रफीको खडेरी अन्त्य गर्‍यो । यो वर्ष भारतका लागि असाधारण रह्यो । भारतले यस वर्ष खेलेका २६ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये २२ मा जित निकाल्यो ।

सन् २०२४ को आईसीसी पुरुष टी–ट्वान्टीमा भारतको प्रदर्शन अत्यन्तै शानदार र ऐतिहासिक रह्यो । यस प्रतियोगितामा भारत विजेता बन्यो, ११ वर्ष लामो आईसीसी ट्रफी खडेरी अन्त्य गर्‍यो । 

फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै विश्वकप जितेको थियो । फाइनलमा विराट कोहलीले ७६ रन बनाएर भारतलाई बलियो स्थिति दिलाएका थिए । उनले ‘म्यान अफ द म्याच’ पनि जितेका थिए । 

भारतको टोली 

सूर्यकुमार यादव (क), अभिषेक शर्मा, तिलक वर्मा, सञ्जु सैमसन, शिवम दुबे, इशान किशन, हार्दिक पाण्ड्या, अर्शदीप सिंह, जसप्रित बुमराह, हर्षित राना, वरुण चक्रवर्ती, कुलदीप यादव, अक्षर पटेल, वाशिंगटन सुन्दर, रिंकु सिंह

खेलाडीहरु

रवीचन्द्रन अश्विन
अलराउण्डर रवीचन्द्रन अश्विन
खेल
११५
रन
७०७
उच्च स्कोर
६५
विकेट
१५५
उत्कृष्ट बलिङ
४/२५
हार्दिक पाण्ड्या
अलराउण्डर हार्दिक पाण्ड्या
खेल
८२
रन
१७५८
उच्च स्कोर
९२
विकेट
७९
उत्कृष्ट बलिङ
४/२४
ईशान किसन
ब्याट्समेन ईशान किसन
खेल
२५
रन
८८६
उच्च स्कोर
२१०
केएल राहुल
किपर केएल राहुल
खेल
६१
रन
२२९१
उच्च स्कोर
११२
मोहम्मद शामी
बलर मोहम्मद शामी
खेल
९४
विकेट
१७१
उत्कृष्ट बलिङ
५/५१
मोहम्मद सिराज
बलर मोहम्मद सिराज
खेल
३०
विकेट
५४
उत्कृष्ट बलिङ
६/२१
रवीन्द्र जडेजा
अलराउण्डर रवीन्द्र जडेजा
खेल
१८६
रन
२६३६
उच्च स्कोर
८७
विकेट
२०४
उत्कृष्ट बलिङ
५/३६
रोहित शर्मा
ब्याट्समेन रोहित शर्मा
खेल
२५२
रन
१०११२
उच्च स्कोर
२६४
शर्दुल ठाकुर
बलर शर्दुल ठाकुर
खेल
४४
विकेट
६३
उत्कृष्ट बलिङ
४/३७
श्रेयस ऐय्यर
ब्याट्समेन श्रेयस ऐय्यर
खेल
४७
रन
१८०१
उच्च स्कोर
११३
शुभमन गिल
ब्याट्समेन शुभमन गिल
खेल
३५
रन
१९१७
उच्च स्कोर
२०८
सूर्यकुमार यादव
ब्याट्समेन सूर्यकुमार यादव
खेल
३०
रन
६६७
उच्च स्कोर
७२
विराट कोहली
ब्याट्समेन विराट कोहली
खेल
२८१
रन
१३०८३
उच्च स्कोर
१८३

खेल तालिका

भारत भारत
२०१/४ (४१.२ overs)
win
VS
अस्ट्रेलिया अस्ट्रेलिया
१९९/१० (४९.३ overs)
एम. ए. चिदम्बरम स्टेडियम, चेन्नई
एकदिवसीय विश्वकप २०२३
भारत ६ विकेटले विजयी
भारत भारत
२७३/२ (३५ overs)
win
VS
अफगानिस्तान अफगानिस्तान
२७२/८ (५० overs)
अरुण जेट्ली स्टेडियम, नयाँ दिल्ली
एकदिवसीय विश्वकप २०२३
भारत ८ विकेटले विजयी
भारत भारत
१९२/३ (३०.३ overs)
win
VS
पाकिस्तान पाकिस्तान
१९१/१० (४२.५ overs)
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
एकदिवसीय विश्वकप २०२३
भारत ७ विकेटले विजयी
भारत भारत
२६१/३ (४१.३ overs)
win
VS
बंगलादेश बंगलादेश
२५६/८ (५० overs)
महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियम, पुणे
एकदिवसीय विश्वकप २०२३
भारत ७ विकेटले विजयी
भारत भारत
२७४/६ (४८ overs)
win
VS
न्युजिल्याण्ड न्युजिल्याण्ड
२७३/१० (५० overs)
हिमाञ्चल प्रदेश क्रिकेट एसोसिएसन (एचपीसीए) स्टेडियम, धर्मशाला
आईसीसी एकदिवसीय विश्वकप
भारत ४ विकेटले विजयी
भारत भारत
२२९/९ (५० overs)
win
VS
इंग्ल्याण्ड इंग्ल्याण्ड
१२९/१० (३४.५ overs)
बीआरएसएबीभी एकना क्रिकेट स्टेडियम, लखनउ
आईसीसी एकदिवसीय विश्वकप
भारत १०० रनले विजयी
भारत भारत
३५७/८ (५० overs)
win
VS
श्रीलंका श्रीलंका
५५/१० (१९.४ overs)
वानखेड स्टेडियम, मुम्बई
आईसीसी एकदिवसीय विश्वकप
भारत ३०२ रनले विजयी
भारत भारत
३२६/५ (५० overs)
win
VS
दक्षिण अफ्रिका दक्षिण अफ्रिका
८३/१० (२७.१ overs)
इडेन गार्डेन्स, कोलकाता
आईसीसी एकदिवसीय विश्वकप
भारत २४३ रनले विजयी
भारत भारत
४१०/४ (५० overs)
win
VS
नेदरल्यान्ड्स नेदरल्यान्ड्स
२५०/१० (४७.५ overs)
एम. चिन्नास्वामी स्टेडियम, बैंगलौर
आईसीसी एकदिवसीय विश्वकप
भारत १६० रनले विजयी
भारत भारत
३९७/४ (५० overs)
win
VS
न्युजिल्याण्ड न्युजिल्याण्ड
३२७/१० (४८.५ overs)
वानखेड स्टेडियम, मुम्बई
आईसीसी एकदिवसीय विश्वकप
भारत ७० रनले विजयी
भारत भारत
२४०/१० (५० overs)
VS
अस्ट्रेलिया अस्ट्रेलिया
२४१/४ (४३ overs)
win
नरेन्द्र मोदी स्टेडियम, अहमदाबाद
आईसीसी एकदिवसीय विश्वकप
अस्ट्रेलिया ६ विकेटले विजयी