सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बुटवलमा फार्मेसीका सञ्चालक पक्राउ

बिहीबार, २७ वैशाख २०८१, १३ : ००
बिहीबार, २७ वैशाख २०८१

बुटवल । बुटवलको कालिकानगर स्थित कालिका पथमा रहेको बैदवार फार्मेसीका सञ्चालक पक्राउ परेका छन् ।  डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागु औषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालक कमलबहादुर विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले  लागु औषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा छापा मारेको  बताए ।

डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागु औषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको प्रमुख पण्डितको जानकारी दिए ।  उनले  थप अनुसन्धान सुरु भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप