सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गर्न सिफारिस

बिहीबार, २७ वैशाख २०८१, १६ : १३
बिहीबार, २७ वैशाख २०८१

मकवानपुर । बागमती प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गते आह्वान गरिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजेका लागि बर्खे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले संसद् अधिवेशन आह्वान गर्नेछन् । बजेट अधिवेशनको रूपमा रहेको सो अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्षको बजेट संसद्मा पेस गर्ने तथा छलफल गरी पारित गर्नेछ ।

गत वैशाख १२ गते राती १२ बजे प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप