भारत भ्रमणमा मालदिभ्सका विदेश मन्त्री, सुध्रिएला सम्बन्ध ?
नयाँ दिल्ली । पछिल्लो केही समययता भारत र मालदिभ्सको सम्बन्ध तनावपूर्ण बनेको छ । यस्तोमा मालदिभ्सका विदेश मन्त्री भारतको भ्रमणमा आएका छन् ।
मालदिभ्सबाट भारतीय सेना फिर्ताको लागि दिइएको समयसीमा सकिनु एक दिनअघि विदेश मन्त्री मूसा जमिर भारत आएका छन् । मूसाको यस भ्रमण अघि नै मालदिभ्सका पयर्टनमन्त्री इब्राहिम फैजलले भारतीय पर्यटकहरूलाई मालदिभ्स घुम्न आउन अनुरोध गरेका थिए ।
केही महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लक्षद्विप भ्रमणमा गएका थिए । मोदीले सामाजिक सञ्जालमा त्यहाँको केही तस्बिरहरू पोस्ट गरेर भारतीयहरूलाई घुम्नका लागि लक्ष्यद्विप जान अनुरोध गरेका थिए । सो पोस्टमा मालदिभ्सका केही अधिकारीहरूले आपत्तिजनक प्रतिक्रिया दिएपछि भारतीय पर्यटकहरूमाझ मालदिभ्स बहिष्कार अभियान चलाएका थिए । मालदिभ्सका विदेश मन्त्रीको भारत भ्रमणले दुई देशबिचको सम्बन्ध सुधार्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण