रणवीर र दीपिकाको सम्बन्ध बिग्रिएको हो ? हट्यो बिहेको फोटो
नयाँ दिल्ली । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले एक महिनाअघि मात्रै आफूहरु आमाबाबु बन्न लागेको घोषणा गरेका थिए । यसैबिच सामाजिक सञ्जालमा यतिबेला रणवीर र दीपिकाको सम्बन्ध चिसिएको खबरले चर्चा पाइरहेको छ ।
रणवीर सिंहले इन्स्टाग्राममा आफ्नो बिहेको तस्बिरहरू हटाएपछि यो हल्ला सुरु भएको हो । रणवीरले हालै इन्ष्टामा २०२३ अघिका सबै पोस्टहरू हटाएका थिए ।
उनले हटाएका पोस्टमा विवाहका तस्बिरहरू पनि थिए । यी तस्बिरहरू मेट्ने बित्तिकै, फ्यानहरूले उनीहरूको विवाह सङ्कटमा रहेको भविष्यवाणी गर्न थालेका थिए । उनीहरूको वैवाहिक सम्बन्धबारे सामाजिक सञ्जालमा चर्चा बढ्दै गएको छ । अभिनेताले बिहेको तस्बिर हटाउनुको ठोस कारण थाहा हुन सकेको छैन ।
चिसिएको हो सम्बन्ध ?
रणवीर र दीपिकाको सम्बन्ध चिसिएको अनुमान फ्यानहरूले गरेका छन् । यस विषयमा सिंह दम्पतीले कुनै प्रतिक्रिया दिएका छैनन् । तस्बिर हटाएपछि फ्यानहरूले प्रश्नको ओइरो लगाएका छन् । इन्ष्टाग्राममा २०२३ को जनवरी पछिका रणवीर सिंहका सबै पोष्टहरू छन् । तर त्यस अघिका सबै पोस्ट हटाइएको छ । रणवीर र दीपिकाले सन् २०१८ को नोभेम्बर १४ मा दुवैले इटालीमा धूमधामसँग बिहे गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण