नौ महिनामा १२ करोडको कुरकुरे र कुरमुरे निर्यात

काठमाडौँ । चालू आर्थिक वर्ष २०८०/८१ को ९ महिनाको अवधिमा नेपालबाट १२ करोड ८१ लाख रुपैयाँको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा यो मूल्य बराबरको कुरकुरे र कुरमुरे लगायत वस्तुको निर्यात भएको हो ।
विभागले यो अवधिमा २ लाख ३४ हजार किलोग्राम बराबरका यी वस्तु विदेश पुगेको जनाएको छ । नेपालबाट विश्वका २१ वटा देशमा कुरकुरे र कुरमुरे लगायतका वस्तुको जान्छ । जसमध्ये भुटान, भारत, इटाली, इजरायल र अस्ट्रेलियामा सबैभन्दा धेरै निर्यात हुने गरेको छ ।
भुटानमा ४ करोड ५९ लाख रुपैयाँको कुरकुरे, कुरमुरे र लेस तथा चिजबल्स निर्यात भएको छ । यता अस्ट्रेलियातर्फ १ करोड ८१ लाखको निर्यात हुँदा भारतमा १ करोड ७८ लाखको बेचिएको छ । यस्तै इजरायलमा १ करोड १४ लाख र इटालीमा १ करोड ७९ लाख रुपैयाँको वस्तु निर्यात भएको छ ।
यसबाहेक अमेरिकामा ६ लाख रुपैयाँको निर्यात हुँदा बेलायतमा १२ लाखको निर्यात भएको छ । संयुक्त अरब इमिरेट्स, सिंगापुर, कतार, ओमान, न्यूजील्याण्ड, मलेसिया र कुवेत तथा जर्मनी र हङकङका साथै फिनल्यान्ड, बेल्जियम र क्यानडा समेत नेपालमा उत्पादित कुरकुरे, कुरमुरे, चिजबल्स र लेजको बजार हुन् ।
नेपालमा आउँछ ६४ करोडको
तर तथ्यांकले कुरकुरे, कुरमुरे, लेज र चिजबल्सको ठुलो बजारका रुपमा नेपाल पनि पर्ने देखाउँछ । नेपालबाट १२ करोड रुपैयाँ आसपासको निर्यात हुँदा ६४ करोड २७ लाख रुपैयाँभन्दा बढीको आयात हुने गरेको देखिन्छ । यस अवधिमा व्यापारीले सो मूल्य बराबरको ती वस्तु ल्याउँदा ४० करोड ११ लाख रुपैयाँ कर तिरेका छन् ।
नेपालमा मुख्यगरी विश्वका ११ वटा मुलुकबाट कुरकुरे र कुरमुरे आउने गरेपनि भारत र मलेसियाबाट सबैभन्दा धेरै आउँछ । भारतबाट मात्रै ९ महिनाको अवधिमा ४७ करोड ९९ लाख रुपैयाँको वस्तु भित्रिएको तथ्याङ्क छ । यसपछि मलेसियाबाट १४ करोड ३९ लाख रुपैयाँको आयात हुँदा कोरियाबाट ९० लाख र चीनबाट ५० लाख हाराहारीको आयात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार नेपाली मृत फेला परेपछि अमेरिकामा शोकमा डुब्यो नेपाली समुदाय
-
हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड
-
१५औं सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता धनगढीमा सुरु
-
असार ९ मा न्याय परिषदको एक सदस्य रिक्त हुँदै, सर्वोच्चको न्यायाधीश नियुक्तिमा अझै अन्योल
-
बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव
-
सत्तापक्षकै सांसदहरूद्वारा नीति तथा कार्यक्रममाथि तीव्र आलोचना