काेशीकाे झमेला
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
बिहीबार, २७ वैशाख २०८१, ११ : ५५

काठमाडाैँ । कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुगेका हुन् ।
रिट निवेदनमा उनले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । सर्वोच्च प्रशासन स्रोतले कार्कीको रिट निवेदन आइपुगेको र आफूहरु अध्ययनकै क्रममा रहेको बतायाे । अध्ययनपछि बिहीबार साँझसम्म रिट निवेदन दर्ता हुने उनको भनाइ छ । कार्की आफैँ अहिले सर्वोच्चमा रहेका छन् ।
उता कार्की सर्वोच्चमा हुँदै गर्दा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीले ५२ सांसदको समर्थनसहित आफ्नो दाबी पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा
-
ग्वार्कोमा बसले कार र टेम्पोलाई ठक्कर दिँदा ६ जना घाइते
-
ग्रे–लिष्टदेखि मर्जरसम्मका समस्या समाधानबारे राष्ट्र बैंकद्वारा गठित कार्यदलले माग्यो सुझाव