काेशीकाे झमेला
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
बिहीबार, २७ वैशाख २०८१, ११ : ५५
काठमाडाैँ । कोशीका मुख्यमन्त्री केदार कार्की रिट निवेदन बोकेर सर्वोच्च अदालतमा पुगेका छन् । उनी बिहीबार बिहान प्रदेश प्रमुखले असंवैधानिक ढंगले नयाँ सरकार गठन गर्न आह्वान गरेको भन्दै रिट बोकेर सर्वोच्च पुगेका हुन् ।
रिट निवेदनमा उनले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई रोक्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् । सर्वोच्च प्रशासन स्रोतले कार्कीको रिट निवेदन आइपुगेको र आफूहरु अध्ययनकै क्रममा रहेको बतायाे । अध्ययनपछि बिहीबार साँझसम्म रिट निवेदन दर्ता हुने उनको भनाइ छ । कार्की आफैँ अहिले सर्वोच्चमा रहेका छन् ।
उता कार्की सर्वोच्चमा हुँदै गर्दा कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कुमार कार्कीले ५२ सांसदको समर्थनसहित आफ्नो दाबी पेश गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण