दश लाख बराबरको अवैध कपडा बरामद
बिहीबार, २७ वैशाख २०८१, १० : ४९

झापा । जिल्ला प्रहरी कार्यालय झापाले आज बिहान १० लाख बराबरको अवैध कपडा बरामद गरेको छ ।
प्रहरी चौकी तिरिङखोलाबाट प्रहरी नायव निरीक्षक जुलुम चौधरी र सशस्त्र प्रहरी बल नेपाल बिओपी तिरिङ झापाबाट सशस्त्र प्रहरी नायव निरीक्षक देवकान्त चौधरीको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले उक्त रकम बराबरको १० बोरा कपडा बरामद गरेको हो ।
मेचीनगर नगरपालिका वडा नम्वर १ भालुखोप स्थितबाट भारत देखि नेपाल तर्फ अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको १० बोरा कपडा नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
तीन वायुको प्रभाव कायमै, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्विस फ्र्याङ्क र दिराम, दिनार तथा रियालको मूल्य ?