अर्थमन्त्रीको गृहनगरमा काँग्रेस निकटका व्यवसायी विजयी
झापा– उद्योग वाणिज्य संघ दमकको नेतृत्वमा काँग्रेस निकट व्यवसायीले जित हाँसिल गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको दमक अर्थमन्त्री युवराज खतिवडाको गृहनगर समेत हो ।
कम्युनिष्ट सरकारका दुई शक्तिशाली व्यक्तित्वको गृहजिल्लामै नेकपा निकट व्यवसायी पराजित भएपछि दमकमा चर्चा परिचर्चा सुरु भएको छ।
मतपरिणामअनुसार उद्योग बाणिज्य संघ दमकको अध्यक्षमा लोकतान्त्रिक समूहका गोकुल श्रेष्ठ विजयी भएका छन् ।
उनी प्रगतिशील समूहका विमल खतिवडालाई ४९५ मतको फराकिलो अन्तरले पराजित गर्दै श्रेविजयी भएका हुन् । मत परिणाम अनुसार श्रेष्ठले १४११ मत र खतिवडाले ९१६ मत मात्रै प्राप्त गरे ।
वरिष्ठ उपाध्यक्षमा प्रगतिशीलका देवीप्रसाद गुरागाईं विजयी भएपनि प्रथम उपाध्यक्षमा लोकतान्त्रिकका राजु खड्का, द्वितीय उपाध्यक्षमा राजकुमार योङया, तृतीय उपाध्यक्षमा रमा लिम्बु विजयी भए ।
यसैगरी खुल्ला सदस्यमा लोकतान्त्रिकबाट तीन जना र प्रगतिशिलबाट तीन जना विजयी भए । लोकतान्त्रिकबाट चन्द्र खत्री, तुलसीराम तिम्सिनार नविन कुमार अग्रवाल बिजयी भएका हुन् भने प्रगतिशीलबाट भरत कुमार चम्लागाईं, राजकुमार थापा र असिम राई विजयी बने।
वस्तुगत तर्फ लोकतान्त्रिक समुहबाट मोहन ढकाल र रुबल अधिकारी विजयी भए भने प्रगतिशीलका गायत्री पौडेल , राजेश अधिकारी र दिनेश सुवेदी विजयी बने ।
लेखा समिति संयोजकमा प्रगतिशीलका खोम बगाले विजयी महिला सदस्यमा लोकतान्त्रिककी सुस्मा निरौला र प्रगतिशिलकी बिन्दु सिटौला विजयी भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिरोको लागि ब्राण्ड एम्बेस्डरमा सुशान्त, सुरक्षा र दयाहाङ नियुक्त
-
एक्सप्रेस–टी ट्याक्सी खरिद गर्ने चालकहरूको पठाओमा निःशुल्क रजिस्ट्रेसन
-
समानीकरण अनुदान कटौती हुँदैन : प्रधानमन्त्री प्रचण्ड
-
सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला
-
सहकारी ठगी प्रकरण : आक्रामक बन्दै कांग्रेस, द्वन्द्व बढाउँदै सरकार
-
गाउँपालिका संघ र नगरपालिका महासंघको आन्दोलन स्थगित