सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला
मङ्गलबार, ०८ जेठ २०८१, २० : ३८
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोध साँध्न पक्राउ गरिएको टिप्पणी गरेका छन् ।
मंगलबार साँझ प्रहरीले कान्तिपुरस्थित कार्यकक्षबाटै सिरोहियालाई पक्राउ गरेपछि सामाजिक सञ्जाल एक्समा उनले यस्तो बताएका हुन् ।
‘आफू दोहोरो पासपोर्ट लिँदै हिँड्ने र सहकारी ठगीको आरोपविरूद्ध छानबिन हुन नदिने,’ गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै कोइरालाले लेखेका छन्, ‘तर तीन दशकदेखि सूचना प्रवाह र लोकतन्त्रको पहरेदार भई उभिएको कान्तिपुरका अध्यक्ष सिरोहियामाथि प्रतिशोध साँध्न गरिएको पक्राउ स्वीकार्य छैन।’
साथै उनले प्रहरीले सही र गलत छुट्टाउनेमा आफू विश्वस्त रहेको पनि बताएका छन् ।
धनुषा अदालतले मंगलबार नै सिरोहियाको नागरिकताबारे पक्राउ पुर्जी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण