नेपालमा पुस्तकालय बनाउन अमेरिकामा रकम संकलन
टेक्सास- नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्ने उद्देश्यले नेपाली जर्नी नामक संस्थाले ड्यालासमा गाला डिनर कार्यक्रमको आयोजना गरिएको छ । पेशाले नर्स रहेकी मौषमी श्रेष्ठको अगुवाईमा रहेको नेपाल जर्नी नामक संस्थाले नेपालका बिभिन्न स्थानमा पुस्तकालय निर्माण गर्न अमेरिकामा गाला डिनर कार्यक्रम गर्दै आएको छ ।
महाभूकम्पपछि भत्किएका विद्यालय र पुस्तकालयलाई सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको संस्थाले विगत चार वर्षदेखि गाला डिनर कार्यक्रम आयोजना गरेर सहयोग रकम जम्मा गर्दै आएको छ । हाल चितवनको भरतपुर ४ लंकुमा दुई करोड लागतको पुस्तकालय निर्माण गर्न लागेको संस्थाले यसअघि काठमाडौ लगायत अन्य स्थानमा पनि सहयोग गरेको छ ।
स्थानीय तहले जग्गा सहयोग गर्दा पनि दुई करोड लागतमा बन्न लागेको पुस्तकालयका लागि गाला डिनरबाटै हालसम्म ६० लाख रकम जम्मा भईसकेको जर्नीकी संयोजक मौषमी श्रेष्ठले बताईन् । ड्यालास वरपरका नेपाली र अन्य समुदायका ब्यक्तीहरुको समेत सहभागीतामा पांच तारे हिल्टन होटलमा सम्पन्न गाला डिनरमा नेपाली संस्कृति र पर्यटन प्रर्वद्धनकाे सन्देश समेत दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण