फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
सारांश
- फिलिपिन्समा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी १५ जनाको मृत्यु भएको छ ।
- सोक्स्सार्गेन क्षेत्रमा कम्तिमा १२९ जना घाइते भएका छन् ।
- मिन्डानाओका छ वटा क्षेत्रमा १.४ मिटरसम्म अग्लो सुनामी छालहरू रेकर्ड गरिएका थिए ।
मनिला । फिलिपिन्समा सोमबार बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
त्यहाँको फिलिपिन्सको नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार सोक्स्सार्गेन क्षेत्रमा १५ जनाको मृत्यु भएको हो ।
यो क्षेत्र दक्षिण कोटाबाटो, सुल्तान कुदारात, सारंगानी र जनरल सान्तोस सिटी सहित चार प्रान्त र एक शहरमा फैलिएको छ । भुकम्पमा परेर यस क्षेत्रमा कम्तिमा १२९ जना घाइते भएको बताइएको छ ।
फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानले मिन्डानाओका छ वटा क्षेत्रमा सुनामी छालहरू रेकर्ड गरिएको रिपोर्ट गरेको छ । यी छालहरू स्थानीय समय अनुसार बिहान ७ः४२ बजेदेखि ८ः४५ बजेसम्म रेकर्ड गरिएका थिए । सबैभन्दा अग्लो छाल १ दशमलव ४ मिटरको थियो ।
स्थानीय समय अनुसार बिहान ११ः०० बजेसम्म १३८ वटा पराकम्पनहरू रेकर्ड गरिएको फिलिपिन्स इन्ष्टिच्यूट अफ भल्केनोलोजी एन्ड सिस्मोलोजीले बताएको छ । यी पराकम्पनहरू १ दशमलव ३ देखि ६ दशमलव ७ म्याग्निच्युडसम्मका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण