विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
सोमबार, २५ जेठ २०८३, १३ : ५१
सारांश
- सांसद ज्ञानेन्द्र शाहीले विद्यालयहरूले विभिन्न बहानामा शुल्क असुलिरहेको भन्दै तत्काल रोक्न माग गरेका छन् ।
- उनले सरकारले पटक पटक आदेश दिँदै शुल्क नलिन विद्यालयलाई भने पनि कार्यान्वयन नभएको बताएका हुन् ।
- शाहीले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क लिइरहेको र नाम परिवर्तन गरेर शुल्क असुल्ने काम भइरहेको बताए ।
काठमाडौँ । सांसद ज्ञानेन्द्र शाहीले विद्यालयहरूले विभिन्न बहानामा शुल्क असुलिरहेको भन्दै तत्काल रोक्न माग गरेका छन् । सोमबार संसदमा बोल्दै सांसद शाहीले सरकारले पटक पटक आदेश दिँदै शुल्क नलिन विद्यालयलाई भने पनि कार्यान्वयन नभएको बताएका हुन् ।
सांसद शाहीले भने- ‘यहाँ शिक्षा मन्त्री हुनुहुन्छ भने भनिदिनुहोला । पहिले पहिले आउने गर्थ्यो आदेशमाथि आदेश परमादेश । भर्ना फि लिनुहुँदैन भनेर अहिलेको सरकारले पनि आदेश दियो । कसैले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क लिइरहेका छन् । नाम चेन्ज गरेर बर्बाद पारिएको छ । तसर्थ, शुल्क नलिने निर्णय कार्यान्वयन गरियोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण