सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित

सोमबार, २५ जेठ २०८३, १४ : २०
सोमबार, २५ जेठ २०८३

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनबाट सभापतिमा सीता पराजुली निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी दिनेश सुनारलाई १२ मतान्तरले पराजित गर्दै विजयी हासिल गरेकी हुन् ।

निर्वाचित पराजुलीले ९१ मत प्राप्त गर्दा सुनारले ७९ मत र अर्का उम्मेदवार महेन्द्र कुँवरले ३३ मत प्राप्त गरेका थिए। उपसभापतिमा सहयोगी बिसी ११६ मतसहित विजयी भए ।

उनका प्रतिस्पर्धी कमल मरासिनीले ८४ मत पाए। सचिव पदमा चिरन सुनार १५० मतसहित निर्वाचित हुँदा यज्ञ पौडेलले ४३ मत प्राप्त गरे। सहसचिवमा लक्ष्मण भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। 

सदस्य पदतर्फ वेदराज घिमिरे, पीताम्बर सेजवाल र चुरामणि ढुङ्गाना निर्वाचित भएका छन्। ती पदका लागि ११ जनाबिच प्रतिस्पर्धा भएको थियो। महिला सदस्यमा रमा पौडेल निर्वाचित भएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप