क्यासिनोमा जाने उच्च पदस्थको विशेष निगरानी हुने, एक दिनमा १० लाखको हारजित हुनेको विवरण सरकारी विशेष युनिटलाई बुझाउनुपर्ने
काठमाडौं– क्यासिनो व्यवसाय सञ्चालनका लागि नयाँ निर्देशन जारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले क्यासिनो व्यवासायीलाई नयाँ नियम कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा बनेको ऐन कार्यान्वयनका लागि निर्देशन दिएको हो । सो निर्देशनमा उच्च पदस्थ व्यक्तिहरुको विशेष निगरानी हुने भनिएको छ । सो व्यक्तिको सार्वजनिक रुपमा उपलब्ध सूचना ग्रहण गर्ने, सामाजिक सञ्जालमा उपलब्ध सूचनाको विश्लेषण गर्ने, व्यावसायिक रुपमा उपलब्ध तथ्यांक लिने जस्ता कामबाट ग्राहकको अद्यावधिक राख्न निर्देशन दिइएको छ ।
ग्राहक पहिचानका लागि उच्च जोखिम देखिएका ग्राहकको कम्तीमा एकपटक अद्यावधिक राख्नुपर्नेछ । यस्तै ग्राहकले एकैपटकमा वा एकदिनमा १० लाख रुपैयाँ भन्दा बढी रकमको हारजित गरेमा त्यस्तो कारोबारको विवरण व्यवसायीले वित्तीय जानकारी इकाइमा उपलब्ध गराउनुपर्नेछ ।
सम्पत्ति शुद्दीकरण ऐन र पर्यटन मन्त्रालयको निर्देशिका उल्लंघन गरेमा ग्राहक तथा क्यासिनोलाई १ लाख देखि १ करोड रुपैयाँ सम्म जरिबाना हुने पनि उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जर्मनी र फ्रान्सले रद्द गरे मिलेर नयाँ लडाकु विमान बनाउने परियोजना
-
सरकारका प्रवक्तालाई प्रश्न : प्रधानमन्त्रीलाई संसदमा जान अप्ठेरो लागेको हो ?
-
यात्रुको राहदानीमा ‘सर्त’ लेख्ने २ अध्यागमन अधिकृत विमानस्थलबाट हटाइए
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णयहरू सार्वजनिक
-
रेडक्रसमा भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन
-
चार वटा जलविद्युत आयोजनालाई वन क्षेत्र प्रयोग गर्न स्वीकृति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण