दसैँपछि अल्टिमेटम दिएर सरकार छाड्छौँ : डा. भट्टराई
बिहीबार, ०२ असोज २०७६, १३ : ३३
३
काठमाडौँ । समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन् ।
राजधानीमा बिहीबार पत्रकारहरुसँगको छलफलमा बोल्दै अध्यक्ष भट्टराइले सो कुराको खुलासा गरेका हुन् ।
‘फोेरमसँग एकीकरण गर्दा यही सहमति भएको हो । त्यो सहमति अब पूरा हुँदैछ । अब हामी धेरै पर्खिदैनौँ,’ डा. भट्टराईले भने ।
उनले अहिले आफुहरु पार्टी एकिकरण र समायोजनमा व्यस्त भएको भन्दै पार्टी एकीकरण सकिने बित्तिकै सरकारलाई एउटा अल्टिमेटम दिने र सरकारबाट बाहिर निस्कने बताए ।
उनले सविधान संशोधनप्रति सरकार गम्भीर नभएको पनि बताए । भने, ‘सरकार संविधान संशोधनप्रति गम्भीर छैन, हामीले यो थाहा पाइसकेका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण