बाढीपहिरोमा चिनियाँ सहयोग : १० लाख अमेरिकी डलर सहयोग घोषणा
मङ्गलबार, ३१ साउन २०७४, ११ : ४५
काठमाडौँ, ३१ साउन । चीन सरकारले बाढीपहिराका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप १० लाख अमेरिकी डलर नगद उपलब्ध गराउने घोषणा गरेको छ ।
यहाँ आज शुरु भएको नेपाल–चीन उपप्रधानमन्त्रीस्तरीय वार्तामा चीनको राज्यपरिषद्का उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् । द्विपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् ।
वार्तामा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देव र सम्बन्धित मन्त्रालयका सचिव सहभागी छन् ।
लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव पनि वार्तामा सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाबाट फर्केपछि उपेन्द्र यादवले भने ‘महाधिवेशनको प्रक्रिया रोकिने छैन’
-
खोटाङका अग्निपीडितलाई आर्थिक सहयोग
-
दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय
-
सरकार परिवर्तन गर्न अनेक षड्यन्त्र भइरहेका छन् : महासचिव पोखरेल
-
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
-
कसरी सञ्चालनमा ल्याउन सकिन्छ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ?