अमेरिकाबाट फर्केपछि उपेन्द्र यादवले भने ‘महाधिवेशनको प्रक्रिया रोकिने छैन’
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीले निर्णय गरे अनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्ने बताएका छन् । गए राति अमेरिकाबाट कतार हुँदै नेपाल आइ पुगेका अध्यक्ष यादवले एयरपोर्टमा आफ्ना पार्टीका नेताहरूसँग कुरा गर्दै सो कुरा बताएका हुन् । एयरपोर्टमा स्वागतका लागि पुगेका नेताहरूसँग अनौपचारिक कुराकानीमा उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले महाधिवेशनको विषयमा पार्टीमा निर्णय भइसकेको छ, त्यो नरोकिने बताएका थिए ।
जसपाले जेठ २८ गतेदेखि जनकपुरमा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसको तयारी चलिरहेको बेला अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको छ । अशोक राईले जनता समाजवादी पार्टी नामको पार्टी निर्वाचन आयोगमा दर्ता गराइसकेको छन् । जसपा नेपालमा १२ जना सांसद छन् । त्यसमध्ये सात जना सांसदले अशोक राइलाई साथ दिएका छन् भने पाँच जना उपेन्द्र यादवको साथमा रहेका छन् ।
आज उनले पार्टीका सांसद तथा शीर्ष नेताहरूलाई पार्टी कार्यालयमा बोलाएका छन् । पार्टीमा भएको पछिल्लो घटना तथा महाधिवेशनलगायतको विषयमा छलफल गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण