फ्रान्सेली रसायन कारखानामा बिस्फोट
फ्रान्स– फ्रान्सको उत्तरी क्षेत्र केएन नगरको एउटा रसायनिक कारखानामा भएको भिषण आगलागी शुक्रबार नियन्त्रणमा आएको छ । आगलागीका कारण निस्केको प्रदूषित मुस्लो धुँवाका कारण नगर क्षेत्रका विद्यालयहरु पनि बन्द गरिएको थियो ।
लुब्रिजोल कम्पनीको स्वामित्वमा रहेको रसायन कारखानाको गोदाममा बिहीबार बिहान २.३० बजे ठूलो आवाज सहितको विस्फोटन पश्चात आगलागी भएको थियो । यो कारखाना अमेरिकी खर्बपति व्यापारी वारेन बफेटको स्वामित्वमा रहेको छ ।
आगलागीका कारण कारखानामा कार्यरत कोही पनि कर्मचारी घाइते नभएको अग्निनियन्त्रकहरुले जनाएका छन् । कारखानाबाट निस्केको धुँवा झण्डै २२ किलोमिटर टाढासम्म फैलिएको थियो । अग्निनियन्त्रक विभागका प्रवक्ता क्रिस चिसलार्डले कारखानाको मुख्य आगो नियन्त्रणमा आए पनि अझै कारखाना वरपर नमिठो दुर्गन्ध फैलिइरहेको बताए ।
आगो निभाउन २०० भन्दा बढी अग्निनियन्त्रकहरु खटाइएको थियो । यो कारखाना नगर क्षेत्रबाट नजिकै रहेकाले पनि त्यसको असर नगरबासीमा पर्ने चिन्ता व्यक्त गरिएको छ । लुब्रिजोल कम्पनीले आगलागीबाट उद्योगको गोदामघर, प्रशासनिक भवन समेत पूर्ण रुपमा जलेको जनाएको छ । आगलागीको कारण भने अझै खुलेको छैन ।
कम्पनीले नगरबासीलाई फलफूल वा तरकारीलाई राम्रोसँग पखालेर मात्र खान अनुरोध गरेको छ । फ्रान्सेली अभियोजनकर्ताहरुले कारखानाको आगलागीका बारेमा अनुसन्धान शुरु गरेका छन् । -एएफपी/Photo: AFP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन