कम्युनिष्टको नाममा कलंक नबनौँ : नेता नेपाल
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्टको नाममा कलंक नबन्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
शनिबार भक्तपुरमा पुष्पलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको शुभकामना आदान—प्रदान कार्यक्रममा बोल्दै नेता नेपालले भने, ‘विगतमा गल्ती गरेको भए सच्चिएर अघि बढौं, तर बदनाम र कलंक बनेर नबसौँ ।’
पार्टीको अग्नी परीक्षा सुरु भएको भन्दै नेता नेपालले वडा, नगर, प्रदेश र संघले गरेका कामको जनताले मूल्यांकन गरिरहेकाले हिजो के भयो भन्ने भन्दा पनि आफ्नो कमजोरी स्वीकार गर्नुको विकल्प नभएको बताए ।
नेपाल र नेपालीको शान र इज्जत बढाउनका लागि जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै सरकारको दायित्व भएको उनले बताए ।
आफ्नो सिद्धान्तमा निष्ठावान भएर जात, भूगोल, आफन्त, अनुहार हेरेर, रगत खकार जाँचेर नभई कम्युनिष्टले वर्गको आधारमा प्राथमिकतामा राख्नु पर्ने उनको भनाई छ ।
विधि, मापदण्ड र मूल्याकंन गर्ने काम कम्युनिष्टहरुको भएको भन्दै उनले काम नगर्ने तर पदको लोभ गर्नेलाई त्यो बानी त्याग्न आग्रह गरे । मदिरापान गर्ने बानीले धेरै कुराको हानी गर्ने भन्दै उनले सकेसम्म मासुसम्म कम खाएर चाडपर्व मनाउन पनि आग्रह गरे ।
कार्यक्रममा नेकपाका नेताहरु लिलामणी पोखरेल, दिलिप प्रजापति, सोमप्रसाद मिश्रलगायतले देश र जनताका कामलाई अगाडी बढाउँदै पार्टी एकताको बाँकी कार्यभार पूरा पर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण