शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रास्वपा अधिवेशनका क्रममा केही जिल्लामा विवाद, भारतसँग बहुआयामिक साझेदारीकाे प्रतिबद्धता

शनिबार, २३ जेठ २०८३, २२ : ००
शनिबार, २३ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशनका क्रममा पर्सा र सुनसरीमा विवादले उग्र रूप लिँदा कुटाकुट भएको छ ।
  • परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबिच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ, जसमा कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता व्यक्त गरिएको छ ।
  • सिरहामा एसईई र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका करिब पाँच सय थान मोबाइल नष्ट गरिएपछि अभिभावकहरूले महत्त्वपूर्ण विवरणहरू गुमाएको गुनासो गरेका छन् ।

आज मिति २०८३ साल जेठ महिनाको २३ गते शनिबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर आएका छौँ ।
१. रास्वपाको जिल्ला अधिवेशनमा कुटाकुट
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को देशव्यापी जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । वडा र पालिका तहका निर्वाचनहरू सम्पन्न भएसँगै आज र भोलि जेठ २४ गते देशव्यापी रूपमा जिल्ला अधिवेशन तथा निर्वाचन हुन लागेको रास्वपाले जनाएको छ । जिल्ला अधिवेशनका क्रममा केही जिल्लामा भने कुटाकुट समेत भएको छ । पर्सा र सुनसरीमा विवादले उग्र रुप लिएको हो ।

२. परराष्ट्रमन्त्री खनालको भारत भ्रमण 
परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा एस जयशङ्करबिच नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भ्रमणका क्रममा आजै परराष्ट्रमन्त्री खनाल र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेबिच भेटवार्ता भएको थियो ।

३. सिरहा मोबाइल नष्ट प्रकरण
गत चैतमा सम्पन्न एसईई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा सिरहाका परीक्षा हलबाट जफत गरिएका करिब पाँच सय थान मोबाइल नष्ट गरिएपछि अभिभावकहरूले आफ्नो महत्त्वपूर्ण विवरणहरू गुमाउनु परेको गुनासो गरेका छन् ।

४. भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आउने 
 क्यान्सर उपचारका क्रममा किमोथेरापीमा प्रयोग हुने चार हजार भाइल ‘कार्बोप्लाटिन’ औषधि नेपाल भित्रिँदैछ । औषधि व्यवस्था विभागको समन्वयमा औषधि आयातकर्ताहरूले भारतबाट चार हजार भाइल ‘कार्वोप्लाटिन’ औषधि ल्याउन लागेका हुन् । 

५. क्षयरोगमुक्त अभियान कार्यक्रम सञ्चालन गरिँदै
प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगका कारण प्रत्येक एक लाख जनामा ५३ जनाको मृत्यु हुने गरेको पाइएको छ ।  

६. शनिबार विशेष 

७. प्रधानमन्त्री बालेनको अभिव्यक्ति विरुद्ध प्रदर्शन
सीमा सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीले शनिवार काठमाडौँमा प्रदर्शन गरेको छ । 

८. श्रीमतीको हत्या गरेको अभियोगमा थापा पक्राउ
काठमाडौँको तारकेश्वर नगरपालिका–६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

९. विवाद सुल्झाउन कांग्रेस केन्द्रीय नेता धनगढीमा
सुदूरपश्चिम कांग्रेसभित्रको विवाद सुल्झाउन केही केन्द्रीय नेता धनगढी पुगेका छन् । उनीहरु असन्तुष्ट पक्ष तथा मुख्यमन्त्रीसँग छलफल गरिरहेका छन् ।

१०. काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वान
 रेल, मेट्रो रेल तथा मोनोरेल विकास आयोजनाले काठमाडौँ उपत्यकाभित्र २७।५ किलोमिटर लामो रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता माग गरेको छ ।

यो पनि...


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप