दशैंका साहित्यिक खुराकहरु
फेरी पनि डर लाग्छ
-राजेन्द्रप्रसाद अधिकारी
काँडाहरुको बीच पनि
गुलाफ फुलेको देखेको छु
हिलो पोखरीमा पनि
कमल फक्रेको देखेको छु
बादलहरुको बीचबाट
घाम झुल्केको पनि देखेको छु
फेरी पनि डर लाग्छ,
मानिसहरु सानै स्वार्थमा अल्झिएको पनि देखेको छु ।
निरासा कै बीच पनि
आसाहरु पलाएको देखेको छु
असफलताहरुबाटै पनि
सफलताका शिखर चुम्नेहरु देखेको छु
हारहरुको बीचबाटै
विजेताहरु निस्केको पनि देखेको छु
फेरी पनि डर लाग्छ,
मानिसहरु नैतिकता बेचेरै चम्किएको पनि देखेको छु ।
झुकाएर शीर पनि
स्वाभीमान जोगाएको देखको छु
मौन बसेरै पनि
ठूला गर्जनहरु शान्त पारेको देखेको छु
पानीको कोमलताले
चट्टानहरु प्वाल पारेको पनि देखेको छु
फेरी पनि डर लाग्छ,
मानिसहरु कुण्ठा पालेरै बसेको पनि देखेको छु ।
***
चण्डोल, काठमाण्डौं
फोन नः ९८५१० ३८७८४
निरुत्तर
निमेष निखिल
घरअगाडिको साँघुरो सडक
मसँग आफ्नो फैलावट माग्छ ।
बगैँचाका ढकमक्क फूलहरु
मसँगै माग्छन् सुवास ।
बगिरहेको नदी
मसँग माग्छ आफ्नो प्रवाह ।
चराहरु माग्छन्
चिर्बिराउने अनुमति मैसँग ।
घुम्दाघुम्दैको पृथ्वी
टक्क अडिन्छ
र, माग्छ गति मसँग ।
एउटा सिद्धहस्त
तर, पुरातन कविबाट लेखिँदै गरेको कविता
कविको आँखा छलेर आउँछ मकहाँ
र, माग्छ केही समकालीन बिम्बहरु ।
सपनाहरु आउँछन्
र, माग्छन् बास आँखामा
केही समयका लागि ।
सङ्गीतका धुनहरु घेर्छन् मलाई
र, माग्छन् यो समयका प्रचलित भाकाहरु ।
‘कति बेला निस्कूँ बादलबाहिर ?’
प्रश्न गर्छ जून ।
समय सोधिरहन्छ दिनदिनै
आफ्नो गन्तव्यमा पुुग्ने सही बाटो ।
विद्यालयहरु मैसँग माग्छन्
आफूतिर बढ्ने कलिला पाइतालाहरु ।
नाबालक समृद्धि मैसँग पहिल्याइमाग्छ
आफूले छिचोल्नुपर्ने मूल बाटो ।
हिमालहरु मैसँग सोध्छन्
उन्मुक्त हाँस्ने कला ।
कसरी पो उभिने हो हामीले ?
पहाडहरु प्रश्न गर्छन् ।
मैतिर सोझिएका छन्–
भोका अनुहारका टिठलाग्ला प्रश्न
निराश आँखाका आशावादी हेराइ
ठेला उठेका हातहरुका पसिना
मसँगै सोधिरहेछ आफ्नो मूल्य
वृद्ध बाआमाहरु बेआबाज सोधिरहेछन्
उमेरको अन्तिम बिसौनी ।
सबै प्रश्नका उत्तर छन् मसँग
र, पनि निरुत्तर छु म यति बेला ।
केही समय भयो–
यो राज्यले मलाई पागल घोषणा गरेको छ ।
स्वतन्त्रता
शान्ति प्रियवन्दना
सोह्रो दिनको साइतमा
माइतीको आँगन टेकेसंगै
पिन्जडाको बन्धनबाट
मुक्त गरिदिएको हुँ
मैले एकजोडी सुगाहरु।
कुँजिइसकेका पखेटाहरू
फर्फराउँदै निमेषभरमा
हावामा कावा खाँदै
बायुवेगमा आकासीयसंगै
आँगनको डिलमा उभिएर
निकैबेर सम्म
हेरिरहे म
उनीहरूको स्वतन्त्रता ।
Title photo credit: https://www.incimages.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ वक्तृत्वकलाको उपाधि अधिकारीलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण