कही नभएको जात्रा हाडी गाउँमा (फोटोफिचर)
काठमाडौं – हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ, कहीं नभएको जात्रा हाडीगाउँमा । यस वर्ष पनि सोमबारबाट उक्त जात्रा सुरु भएको छ ।
यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ। जात्रामा ब्रम्हा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ ।
जसलाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भनिन्छ । जात्राका लागि कोजाग्रत पूर्णिमामा स्थानीय गुठीयार शिवपुरी ध्यानमग्न विष्णुको आत्मा लिन बासबारीमा राती जाग्राम बस्ने प्रचलन छ ।
जात्रा गरिएको खटको टुप्पोमा हिमालको प्रतीकका रुपमा बेतको गोलाकार चक्कालाई सेतो कपडाले बेरिएको छ । बीच भागमा पृथ्वीको प्रतीकका रुपमा घुमाउन मिल्ने गरी बास र बेतले कलात्मक ढंगले मन्दिर बनाइएको छ ।
जसको माथिपट्टि पृथ्वीको श्रृष्टि फूलका बगैंचाका रुपमा फूलैफूलले सजाइएको छ । सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल बैंकको सुरक्षा गार्डको हत्या आरोपमा सशस्त्रका पूर्वजवान पक्राउ
-
मधेस प्रदेश : एमाले र माओवादी केन्द्रद्वारा समर्थन फिर्ता, जसपा नेपाललाई झट्का
-
'श्रीलङ्काको जिडिपी ३ प्रतिशतले वृद्धि हुन्छ'
-
एपीएफ क्लबले सजिलै हरायो कोशी प्रदेशलाई
-
एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण
-
त्रिविको सम्पत्ति संरक्षण गर्नुपर्नेमा सांसदको जोड