कही नभएको जात्रा हाडी गाउँमा (फोटोफिचर)
काठमाडौं – हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट सुरु हुन्छ, कहीं नभएको जात्रा हाडीगाउँमा । यस वर्ष पनि सोमबारबाट उक्त जात्रा सुरु भएको छ ।
यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ। जात्रामा ब्रम्हा, विष्णु र महेश्वरको छुट्टाछुट्टै खट यात्रा गरिन्छ ।

जसलाई स्थानीय भाषामा चोक्ते नारायणको जात्रा पनि भनिन्छ । जात्राका लागि कोजाग्रत पूर्णिमामा स्थानीय गुठीयार शिवपुरी ध्यानमग्न विष्णुको आत्मा लिन बासबारीमा राती जाग्राम बस्ने प्रचलन छ ।

जात्रा गरिएको खटको टुप्पोमा हिमालको प्रतीकका रुपमा बेतको गोलाकार चक्कालाई सेतो कपडाले बेरिएको छ । बीच भागमा पृथ्वीको प्रतीकका रुपमा घुमाउन मिल्ने गरी बास र बेतले कलात्मक ढंगले मन्दिर बनाइएको छ ।
जसको माथिपट्टि पृथ्वीको श्रृष्टि फूलका बगैंचाका रुपमा फूलैफूलले सजाइएको छ । सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई गर्छन् ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
किन आन्दोलित छन् झण्डै १३ हजार चिकित्सक ?
-
रास्वपा लुम्बिनी प्रदेश अधिवेशन : सभापतिका लागि पुनः मतदान हुने
-
‘झोर्ले हजुर’ मार्फत विष्णु माझीले दिइन् सर्प्राइज
-
हाइटीविरुद्ध पहिलो हाफमा स्कटल्यान्डलाई अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण