अपडेट : विप्लवका दाइसँग को–को पक्राउ परे ? (नामावलीसहित)

काठमाडौं । सरकारद्धारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २१ जना कार्यकर्ता पक्राउ परेका छन् ।
विप्लव समूहका मध्यकपश्चिम कमाण्ड अर्थात विप्लवका दाइ चन्द्र बहादुर चन्दसहित २१ जना दाङको राजापुर क्षेत्रबाट पक्राउ परेको प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरे ।
मध्यराती १ बजे पक्राउ परेका उनीहरुसँग विस्फोट सामग्री र हतियार पनि रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्लाको सदरमुकाम ल्याइसकिएको छ ।
ब्यूरोको बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।
उनीहरुसँग कति हतियार र विस्फोटक पदार्थ थियो भन्ने अनुसन्धानपछि मात्रै सार्वजनिक गरिने प्रहरीको भनाइ छ ।
यस्तै, चन्दसँगै राप्ती ब्यूरो इन्चार्ज केश बहादुर बाठा ‘सुवास’, राप्ती ब्यूरो एवं न्याय विभाग समिति जिल्ला संयोजक रामबहादुर थापा ‘सुन्दर, राप्ती ब्यूरो कार्यालय सचिव सविन पोख्रेललगायत पक्राउ परेका छन् ।
पक्राउ परेका २१ जना को–को ?
१. केशवबहादुर बाँठा मगर (सुवास) –राप्ती ब्युरो ईन्चार्ज
२( चन्द्रबहादुर चन्द (वीरजङ्ग) –केन्द्रीय सदस्य तथा लुम्बिनी ब्यूरो ईन्चार्ज एवं मध्य पश्चिम कमाण्ड ईन्चार्ज
३. रामबहादुर थापा (सुन्दर) – राप्ती ब्युरो एवं न्याय विभाग समिति जिल्ला संयोजक
४. सविन पोख्रेल – राप्ती ब्युरो कार्यालय सचिव
५. यमलाल कटुवाल (विक्रम) जिल्ला ईन्चार्ज
६. प्रदीप वली – जिल्ला सेक्रेटरी
७. बविन केसी (पाटन, जंगली) – युव संगठन नेपाल केन्दीय अध्यक्ष
८. सुनिल पौडेल – वुद्धिजिवी
९. एकराज चौधरी – एरिया नम्बर ४ ईन्चार्ज एवं जिल्ला जनपरिषद् सदस्य
१०. धनबहादुर बोहोरा (महान) – एरिया नम्बर १ ईन्चार्ज एवं राजपुर गापा सेक्रेटरी
११. तिलक पुन – पूर्व जनमुक्ति सेना
१२. सुरज विक – दलित राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष
१३. हितप्रसाद रोका – पार्टी सदस्य
१४. पोष्टमान घर्ती – रोल्पा जिल्ला
१५. दल बहादुर घर्ती
१६. अमित घर्ती मगर
१७. बालकृष्ण शर्मा
१८. जीत क्षेत्री
१९. रमेश आचार्य
२०. कुल बहादुर वली
२१. विष्णु थापा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैँक
-
चोरी भएका २२ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
-
छलफल निष्कर्षविहीन भएपछि पेलेरै अघि बढ्ने सत्ता पक्षको सङ्केत
-
अदालत पुग्यो टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
-
‘जन्ते बाख्रो’ को व्यवसाय बुझ्न हलमा कलाकार, व्यवसाय कस्तो ?