मन र मान्छेहरु
-सुनीलबाबु श्रेष्ठ
एउटा मन
जहाँ कलिला आशाहरु मरिरहेका हुन्छन्
र निराशाका काला बादलहरु मडारिरहेका हुन्छन्
यस्तो लाग्छ
समुद्री तुफानी छालहरुका बीचमा बसेर
केवल मृत्यु मात्र पर्खिरहेका हुन्छन् मान्छेहरु
बिहानीसँगै आउने यी अखबारहरु
यही मृत्युका ठुल्ठुला खबरहरु छाप्न
उत्रिरहेका छन् प्रतिस्पर्धामा
र आतङ्कित बनाइरहेका हुन्छन् हरेक दिन मनहरु
पढेर अखबारहरु
काँपिंरहेको हुन्छ शरीर
एकनासले एकोहोरिन्छ मष्तिस्क
र सोचिन्छ कहिले आफ्नै मृत्युको समाचार
छापिने हो यी अखबारका पानाहरुमा
हिंस्रक मान्छेहरुको निकुञ्जमा
तिमीलाई जसले पनि चिथोर्न सक्छ
घाइते बनाएर रक्ताम्य बनाउन सक्छ
तिम्रो खुट्टा काटिन सक्छ
जिब्रो थुतिन सक्छ
दिनदहाडै आतङ्कको भरमा
कुनै अबोध नारीहरुको अस्मितामाथि धावा बोलिनसक्छ
हाट बजारका राँगा खसी जस्तै
मान्छेहरुको भीडभाडमा चट्ट काटिन सक्छौ
पोखिएको तिम्रो आलो रगतले
अमूर्त चित्र बनाएर
कोही पनि सफल चित्रकार बन्न सक्छ यहाँ
किनकि हराउँदै जाँदैछ यहाँ
मानवीय संवेदनाहरु
हराउँदैछ सभ्यता बस्तीहरुमा
बनिरहेका छन् पत्थर मान्छेहरु
मृत्युमा उत्सव मनाउन
बानी परिरहेका छन् मानिसहरु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण