कास्की–२ उपनिर्वाचन : समाजवादीबाट धर्मराज गुरुङ उम्मेदवार चयन
आइतबार, १७ कात्तिक २०७६, १० : ३८
कास्की २ उपनिर्वाचनमा समाजवादीबाट धर्मराज गुरुङको नाम टुंगो लागेको छ ।
आइतबार बसेको केन्द्रीय कमिटी बैठकले उनलाई कास्की २ बाट उम्मेदवार घोषणा गर्ने निर्णय गरेको हो ।
समाजवादी कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङका अनुसार केन्द्रिय कमिटीले धर्मराजलाई उम्मेदवार बनाउँने फाइनल गरे पनि घोषणा गर्न भने बाँकी नै छ ।
प्रदेशबाट सिफारिस भएका ३ जना किरण थापा, रामबहादुर नेपाली र धर्मराज गुरुङमध्ये धर्मराजलाई समाजवादीले फाइनल गरेको छ ।
कास्की २ मा नेकपाबाट विद्या भट्टराई, साझा पार्टीबाट रजनी केसी फाइनल भई सकेका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसको भने उमेदवार टुंगो लगाउँन बाँकी नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण